
साप्ताहिक संवाददाता

गत वर्षको वैशाख १२ गते गएको विनाशकारी भूकम्पमा आधारित चलचित्र ‘कम्पन’ को सार्वजनिक प्रदर्शन आज शुक्रबारदेखि प्रारम्भ हुँदैछ ।
दिक्षा फिल्म्स क्रिएसनको ब्यानरमा अर्नभ बस्नेत प्रस्तुतकर्ता रहेको यो चलचित्रमा भूकम्प गएपछि आम मानिसमा परेको पीडा प्रस्तुत गरिएको छ । भूकम्पले आम नेपालीलाई दिएको दु:ख, परिवारको बिछोड, चेलिबेटी बेचबिखन, बालबालिकाको अवस्था तथा राहतको पर्खाइमा बाँचिरहेका भूकम्पपीडितहरूको कथा यो चलचित्रमा समेटिएको छ ।
चलचित्र कम्पनमा भूकम्पपछि समाजको यथार्थलाई खुलस्त रूपमा प्रस्तुत गरिएको बताइएको छ । सीताराम तिम्सिना, नविन आचार्य तथा अन्छिला केसी यो चलचित्रका निर्माता हुन् । यो चलचित्रमा ओमकुमार श्रेष्ठको द्वन्द्व निर्देशन छ भने रामेश्वर हुमागाईं यसका छायाँकार हुन् ।
निर्देशक : दिनेश पौडेल
कलाकार : राजेश ढुंगाना, पुष्कर राउत, राजेन्द्र बस्नेत, अनु पराजुली तथा नविन आचार्य ।
संगीतकार : ओम सुनुवार
चलचित्र कम्पनको ट्रेलर