
साप्ताहिक संवाददाता

गायक आर्जन पाण्डे केही वर्षयता आफ्ना गीत–संगीतमा प्रयोग गरिरहेका छन् । उनका अघिल्ला दुई प्रयोग सफल भैसकेका छन् । अघिल्लो वर्ष आर्जनको एउटा नयाँ गीत सार्वजनिक भयो ‘रेलिमाई..’ शीर्षकमा । त्यसअघि उनी प्रायः एकल गीत गाइरहेका थिए ।
रेलिमाईमा भने उनले गायिका इन्दिरा जोशीको साथ लिए भने म्युजिक भिडियोमा पनि आर्जन र इन्दिराले नै अभिनय गरे । दर्शकले अत्यन्त मन पराएको उक्त गीत युट्युब झन्डै ८४ लाख पटक हेरिएको छ । पाँच महिनाअघि आर्जनले पुनः नयाँ गीत ‘झिमिक्कै परेली...’ को म्युजिक भिडियो सार्वजनिक गरे, गायिका मेलिना राईको साथमा । युट्युबमा उक्त गीत करिब साढे ८ लाख पटक हेरिएको छ । भिडियोमा आर्जनलाई अभिनेत्री केकी अधिकारीले अभिनयमा साथ दिएकी थिइन् ।
अहिले आएर आर्जनले पुनः एक पटक एकल गायनमार्फत दर्शकमाझ आउने तयारी गरेका छन् । यसै साता सार्वजनिक भएको आफ्नो नयाँ गीत ‘घाँटी भन्दा तल...’ को भिडियोमा आर्जनले अभिनेत्री रीमा विश्वकर्मासँग अनस्त्रिन रोमान्स गरेका छन् । एकलबाट युगल हुँदै पुनः एकलमा फर्किएका गायक पाण्डेले कत्तिको सफलता पाउने हुन्, केही दिनपछि नै थाहा हुनेछ ।
म्युजिक भिडियो :