
साप्ताहिक संवाददाता

चलचित्रको ‘नेप्टे’को प्रमोसनल गीत सार्वजनिक भएको छ । ‘सुपारी काँचो’बोलको गीत सार्वजनिक गर्दै चलचित्र यस्निटले चलचित्र प्रचार थालेको हो । भानुभक्त ढकालको शब्द रहेको गीतमा ओम सुनारको संगीत सावित्री जोशी र ओम सुनारको आवाज रहेको छ ।
देबकुमार श्रेष्ठले निर्देशन गरेको उक्त चलचित्रमा दयाहाङ राई र अभिनेत्री छुल्ठिम गुरुङले शिर्ष भूमिका रहेर अभिनय गरेका छन् ।
रोहित रुम्बाको कथा रहेको यस चलचित्रमा किरण माईकल घिमिरेको पटकथा तथा संवाद रहेको छ । छुल्ठिम र दयासँगै चलचित्रमा रोहित रुम्बा, पुर्णिमा लामा, बुद्धि तामाङ, श्याम राई, अर्जुन गुरुङ, कमलेश बराल, अरुणा कार्की, जयनन्द लामा लगायतका कलाकारले अभिनय गरेका छन् । चलचित्र आगामी चैत ३० गतेबाट प्रदर्शनको तयारी रहेको छ ।
गीतको भिडियो :