• कभरस्टोरी
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप
  • कभरस्टोरी(current)
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली(current)
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया(current)
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन(current)
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद(current)
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल(current)
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज(current)
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप(current)
  • थप
    • अभिमत/विचार
    • अन्तरवार्ता
    • समाचार
    • कार्टुन
    • ब्लग
    • इपेपर
    • अर्काइभ
  1. होम
  2. अर्काइभ
अर्काइभ
डेब्यु परीक्षा : सफल भए त विराज ?
  • फेसबुकमा शेर गरौ
  • ट्वीटरमा शेर गरौ
  • मेल गरौ

रामजी ज्ञवाली

डेब्यु परीक्षा : सफल भए त विराज ?
माघ २५, २०७६
काठमाडौं

चलचित्रको स्क्रिप्ट सुनाउँदा अभिनेत्री निकिता चाण्डकले आफु रोएको बताइन् । अभिनेता तथा निर्देशक विराज भट्टले भने, ‘साङ्लो हेरिसकेपछि वलिउड र हलिउडमा चलचित्रको एक्सन कपी हुनेछ ।’

यस्तै विभिन्न प्रकारका अभिव्यक्ति दिएर प्रचार–प्रसारमा जुटेको थियो, साङ्लो टिम । चलचित्र प्रदर्शन हुनुभन्दा ठिक एक महिना अघिदेखि निकितालाई लिएर प्रमोशनमा हिडेका थिए विराज । उनले चलचित्र प्रदर्शनको अघिल्लो दिन साप्ताहिकसँग भने, ‘दर्शकले यो चलचित्रलाई मन पराउनेमा ढुक्क छु, किनभने चलचित्रको कन्सेप्ट र स्क्रिप्ट निकै भिन्न छ, चलचित्रको प्रस्तुतीकरण अहिले निर्माण भैरहेका चलचित्रको भन्दा धेरै फरक छ ।’

चलचित्र शुक्रवार प्रदर्शन भयो । मल्टिप्लेक्समा निकै कम शो पायो, सिगंलमा अलिकति बढि छन् । तर, जति शो पाएको छ अधिकांश हलमा सुनसान छन् । चलचित्र हेरिसकेपछि दर्शकको दिमाग घुम्नेछ, ‘चलचित्रको प्रचार–प्रसारमा भनेजस्तो स्क्रिप्टमा के नौलो छ ? प्रस्तुतीकरण कसरी फरक छ ? कहाँनिर छ, वलिउड र साउथले चोर्ने किसिमको एक्सन ?’ आफुले जन्माएका सन्तान हरेक अभिभावकलाई राम्रो लाग्छ । विराजलाई पनि त्यस्तै लाग्यो, स्वभाविकै हो ।

हुन त, चलचित्र प्रदर्शनभन्दा अघि विभिन्न गफ ठोक्ने र चलचित्र चलाउन खोज्ने नेपाली चलचित्रकर्मीहरुको पुरानै शैली हो । चलचित्रको स्तरियता भन्दा अझ बढि गफ नदिने हो भने दर्शक हलमा आउँदैनन् भन्ने पुरानै मानसिकता छ । त्यो विराजले पनि लागु गरे । तर, यो टिमले मन दह्रो पारेर स्विकार्नुपर्छ, चलचित्र हेर्न दर्शक आएनन् ।

कुनैबेलाका एक्सन स्टार हुन्, विराज भट्ट । उनले खेलेको पहिलो चलचित्र हो, खुकुरी । त्यसपछि उनले दर्जनौं चलचित्रमा काम गरे । विभिन्न भुमिकामा देखिए । कति दर्शकलाई अभिनय मार्फत रुवाए । कति दर्शकलाई हँसाए । जे–जे गरेर होस्, उनले एक दशक नेपाली चलचित्र उद्योगमा कव्जा जमाएकै हुन् । विराजले धेरै आशा राखे, भोजपुरी चलचित्रमा हानिए ।

भोजपुरी चलचित्रमा राम्रै चले । नेपालमा जस्तै टिके । राम्रै आम्दानी गरे । चार बर्ष भोजपुरी चलचित्रमा व्यस्त भएपछि उनको मन नेपाल फर्कियो । 

चलचित्र ‘जय परशुराम’बाट पुनः काम थाले । तर, यो चलचित्र चिप्लियो । किन ? प्रमोशनको दौरानमा विराजले भनेका थिए, ‘त्यतिबेला अन्तिममा निर्देशक परिवर्तन भए । स्क्रिप्टदेखि धेरै कुरामा कमजोर भएकाले चलचित्र चलेन ।’ ल ठिकै छ त्यतिबेला विभिन्न कारणले चलचित्र फ्लप भयो । त्यसो भए उनको डेव्यु निर्देशनमा तयार भएको चलचित्र ‘साङ्लो’लाई किन सोचेजस्तो सफलता हात परेन ? विराजले अहिल्यै यस विषयमा मुख खोलेका छैनन् ।

२०१७ की मिस नेपाल निकिता चाण्डकले यसअघि ‘रानीमहल’ बाट अभिनय–यात्रा थाले पनि उक्त फिल्म निर्माणकै क्रममा अड्किएको थियो । त्यसपछि उनी केहि समय विश्राम गरिन् । विराजले यो चलचित्रमा पुनः डेव्यु गराए । निकिताका अनुसार यो चलचित्रको अवस्था जे होस्, यो उद्योगमा उनी निरन्तर रहने छिन् ।

चलचित्रले हाइप बनाउन नसक्दा फ्लप हुन्छन् । विराजका अनुसार यो चलचित्रले राम्रै हाइप बनाएको थियो । यदि ‘साङ्लो’ को पनि ट्रेलर, गीत नचलेको भए यो चलचित्र चल्छ भन्ने आशा मरिसकेको हुन्थ्यो । तर, दर्शकले अघिल्ला कन्टेन्ट रुचाएका कारण चलचित्रलाई पनि रुचाउने विराजको विश्वास थियो ।

कमेडी चलचित्रको लहर चलिरहेका बेला एक्सनप्रधान चलचित्र दर्शकमाँझ ल्याएका हुन्, विराजले । कुनैबेलाका एक्सन स्टार अहिले पनि त्यसलाई दर्शकले रुचाउँछन् कि भन्दै एक्सनलाई धेरै प्राथमिकता दिएका छन् । विराज भन्छन्, ‘एक्सन प्रधान चलचित्रलाई दर्शकले सहर्ष स्विकार गर्नुहुनेछ ।’ तर, आज शनिवारको हल रिपोर्ट हेर्दा दर्शकले सहर्ष स्विकार गरेनन् ।

किड्नीका कारण निर्दोशले कसरी ज्यान गुमाउँछन् ? हुनेखाने र हुँदा खानेहरु विचका प्रेमिहरुको सम्वन्धमा परिवार कसरी भिलेन बन्छ ? अस्पताल प्रशासन जे गरेर हुन्छ, पैसा कमाउने खेलमा कसरी लाग्छ ? चलचित्रले देखाउन खोजेको विषय हो । तर, यो चलचित्रमा उठान भएको विषय कुनै नौलो छैन । संगीत पक्ष ठिकै छ । मुख्य भुमिकामा देखिएका अभिनेता विराज भट्ट र डेव्यु अभिनेत्री निकिता चाण्डकको अभिनय ठिकै हो । भिलेनको भुमिकामा देखिएका प्रकाश शाहको अभिनय राम्रो छ ।

तर, सबै ठिकै हुँदा पनि चलचित्र हेर्न दर्शकको भिड खासै देखिएन । किन ? चलचित्रको प्रस्तुतीकरण चुस्त छैन । स्क्रिप्ट कमजोर छ । चलचित्र राम्रो बन्न सक्ने धेरै बाटो थियो, तर त्यस विषयमा ध्यान दिन नसक्दा विराजको डेव्यु निर्देशन ‘पहिलो गासमै ढुंगा’ भनेजस्तै भएको छ । बाँकी ‘साङ्लो’को अवस्था के हुन्छ, पक्कै केहि दिनमा थाहा होला ।

प्रतिक्रिया
हाम्रो छनोट
कोभिड–१९ को जोखिम मुल्यांकन गर्ने बिधि (कोभिरा) सार्वजनिक
गर्भवती वा सुत्केरीको स्वास्थ्यमा समस्या देखिए के गर्ने ?
निर्मातासँग कलाकारको गुनासोः काम गराउने, अनि हराउने ?
राइडरलाई रोजीरोटीकै समस्या
सधैँ सडकमा
सम्बन्धित
अर्काइभ
नेपाल हङकङ विमान चार्टरमा यात्रुहरु अन्यौल

अनोज रोक्का

वैशाख ८, २०७७

अर्काइभ
जेठ २ देखि ८ गतेसम्मको राशिफल

रामप्रसाद सिटौला (फलित ज्योतिष)

वैशाख ८, २०७७

अर्काइभ
प्रकाशकीय

कैलाश सिरोहिया

वैशाख ८, २०७७

अर्काइभ
कोभिड–१९ : एक तिहाइभन्दा बढी निको भए 

एजेन्सी

वैशाख ८, २०७७

कभरस्टोरी

  • रिपोर्ट
  • टिप्पणी
  • वार्ता

जीवनशैली

  • विज्ञान प्रविधि
  • स्वास्थ्य
  • करिअर
  • घुमघाम
  • फेसन

मल्टिमिडिया

  • फोटोस्टोरी
  • भिडियो
  • पोडकास्ट

कला मनोरञ्जन

  • सिनेमा
  • सङ्गीत
  • साहित्य
  • थिएटर
  • ललितकला
  • सेलिब्रेटी
  • गसिप

खेलकुद

  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • क्रिकेट
  • फुटबल

प्रोफाइल

  • वाह ! जिन्दगी
  • ती युवा
  • किशोर छँदा
  • स्मृति लेख

समाज

  • शिक्षा
  • संस्कृति
  • इतिहास
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • सहर
  • अर्थ
  • खानपिन

थप

  • ब्लोअप
  • अभिमत/विचार
  • अन्तरवार्ता
  • समाचार
  • कार्टुन
  • ब्लग
  • इपेपर
  • अर्काइभ

हामीलाई खोज्नुहोस्

हाम्रा अन्य प्रकाशनहरु

  • ekantipur
  • Kantipur TV
  • Radio Kantipur
  • The Kathmandu Post
  • Nepal
  • Nari

विज्ञापन

छापामा विज्ञापन गर्न यहाँ सम्पर्क गर्नुहोला»

Copyright © Saptahik