संस्कृति
प्रेम र संस्कृतिको प्रतीक तिहार
कुनै पनि घरमा सुख, समृद्धि, प्रसन्नता र शान्ती छ भने त्यसको कारण हो उक्त घरमा दाजुभाइ एवं दिदीबहिनीको सम्बन्ध सुमधुर र प्रेमिल छ । जुन घरमा पारिवारिक प्रेम,आत्मियता र सहयोगी भावना छैन त्यो घरमा दरिद्रता, गुनासो र अशान्ति बाहेक केहि हुँदैन । सम्पत्ति, सम्मान, पद र समृद्धि त्यतिबेला झल्किन्छ जतिबेला दाजुभाइ, दिदीबहिनीको प्रेम बाआमाले महसुस गर्न पाउनुहुन्छ र उहाँहरुको आँखाबाट हर्षका आँसु वर्षन्छन् अनि चाउरिएका अनुहारबाट मिठो हाँसो फुत्कन्छ ।
कार्तिक १०, २०७६