
साप्ताहिक संवाददाता

वैशाख २१ गते प्रदर्शनमा आउने भनिएको चलचित्र कोइला अन्तत: आज शुक्रबार देशका विभिन्न हलमा पुग्दैछ । विभिन्न कारणले प्रदर्शन मिति पछि सर्दै आएको यो चलचित्रको ट्ेरलर, पोस्टर एवं गीत सार्वजनिक गरिए पनि त्यसले खासै चर्चा पाएको थिएन ।
आरोही फिल्म्सको ब्यानरमा निर्माण भएको यो चलचित्रलाई बिजे शर्मा, प्रत्युशा गिरी, श्रीकृष्ण गिरी आदिले संयुक्त रूपमा निर्माण गरेका हुन् । सुदीप आत्रेयले लेखेको यो चलचित्रले एक्सनलाई विशेष प्राथमिकता दिएको छ । चलचित्रमा दुई युवायुवतीको प्रेम एवं संघर्ष देखाइएको बताइन्छ ।
निर्देशक : गजेन्द्र रञ्जित
कलाकारहरू : प्रज्वल गिरी, सोनिया गिरी, ध्रुव कोइराला, किरण थापा, विशाल पहाडी, रामचन्द्र अधिकारी, कालु
राना आदि ।
संगीत : ओम सुनार तथा रेखा पौडेल