साप्ताहिक संवाददाता
आर्यन सिग्देल नेपालका चर्चित अभिनेता हुन् । लभ स्टोरी जनराका चलचित्रमा दमदार अभिनय गर्ने आर्यनले ‘किस्मत’ बाट अभिनय यात्रा थालेका थिए । त्यसपछि उनले धेरै सम्झनलायक चलचित्र दिइसकेका छन् । अहिले उनले दुईवटा चलचित्रको छायाँकन सकाएका छन्, हजार जुनीसम्म र चच हुईं । नेपाली चलचित्र उद्योगमा प्रेम कथानक चलचित्रमा छुट्टै छाप छोडेका आर्यन आज ३५ बर्षमा पाइला चालेका छन् । रामचन्द्र सिग्देल र सारदा सिग्देलको जेठो सन्तानका रूपमा सुर्खेतको गोठिकाँडामा जन्मिएका आर्यनसँग जन्मदिनका अवसरमा रामजी ज्ञवालीले छोटो–मिठो गफगाफ गरे :
कति बर्षको हुनुभयो ?
भर्खरै जवानी चढिरहेको छ । खासै बुढो भएको छैन ।
जन्मदिनको अवसरमा पहिलोपटक सुभकामना कसले दियो ?
मलाई मेरो बहिनीले पनि सुभकामना दिने सम्भावना थियो । तर, श्रीमती सपनाले सुरुमा दिइन् ।
कतिबेला थियो त्यो समय ?
म टिभी हेरिरहेको थिए । ठ्याक्कै रातको १२ बजेको थियो ।
सपना भाउजुले केहि गिफ्ट पनि गर्नुभो कि ?
सपनाले मलाई यहि बैशाख ६ गते जिन्दगीभरी नबिर्सने गिफ्ट (सन्तान) दिएकी छिन् । त्यो भएपछि मलाई अरु के चाहियो ? अर्को कुरा मलाई गिफ्ट दिने–लिने मामिलामा निकै पछि छु ।
जन्मदिन कसरी मनाउँदै हुनुहुन्छ ?
खासै विशेष किसिमको योजना केहि छैन । नजिकका साथिभाईहरुले एकछिन भेटौं भनिरहेका छन् । एकछिन भेटेर चिया कफि खाएर घर फर्किन्छु होला । आजभोली रातीसम्म बाहिर बस्ने चलन छैन ।
नजिकका साथिभाईहरुलाई पार्टि दिने होइन ?
नदिने । मलाई खासै पार्टि–सार्टि मन पर्दैन । साथिहरुले एकछिन मेरो नाममा रमाइलो गरे भैहाल्यो । बाँकी पैसा उनिहरुले नै तिर्नेगरी (हाहाहा...)
आज त अलिकति पिउने होला नि ?
पिउने काम हुँदैन । घरमा चाँडै जानु पर्छ । घरमा चाँडै गएर श्रीमतीसँग मिलेर मिठो खाना बनाउने अनि खाने हो !
सबैभन्दा धेरै पिएको जन्मदिनको पार्टि याद छ ?
७ बर्षअघि हो । एउटा कार्यक्रमका लागी कतारमा थिएँ । त्यो बेलामा नजिकका साथिभाईहरुले जन्मदिनको पार्टि आयोजना गरेका थिए । त्यो बेलामा त अति धेरैनै भएको थियो । कति पिइयो भन्ने कुरा समेत सम्झना छैन ।
जन्मदिनका बेलामा धेरैले केहि न केहि प्रण गरेका हुन्छन्, तपाइले केहि गर्नुभयो ?
खासै केहि गरेको छैन । मैले गरेका कामहरु र सोचेका सपनाहरु सहज रुपमा पुरा गर्नका लागी दिनरात मिहेनत गरिरहेको छु । धेरै इच्छा, रहर, सपना छैनन् । खुसीका साथ जिवन विताउन पाए हुन्थ्यो भन्नेहो ।