साप्ताहिक संवाददाता
सार्वजनिक रूपमा जादु देखाउने क्रममा भारतका एक जादुगरले आफ्नो ज्यानै गुमाएका छन् । चन्चल लाहिरी नाम गरेका व्यक्ति भारतको जादुको संसारमा जादुगर मन्द्राकेको नामले प्रख्यात थिए । उनले आफूलाई अझ लोकप्रिय बनाउन कोलकाताको हुग्ली नदीमा जादु देखाउने योजना बनाए ।
२० वर्षअघि पनि शरीरलाई सिक्रीले बाँधेर पानी मुनि छिरेर सकुशल निस्कन सफल मन्द्राकेले यसपटक आफ्नो शरीरलाई ६ वटा सिक्रिले बाँधेर ताला लगाइ नदी भिक्र छिर्ने र चाबी खोलेर सकुशल निस्कने कार्यत्रम तय गरेका थिए । उनको जादु हेर्न धेरै व्यक्ति हुग्ली नदीको आसपास भेला भएका थिए । लाइभ जादु हेर्न आएकाहरू लाहिरी बाहिर निस्कने आशामा नदीमा हेरिरहे ।
यद्यपि लाहिरी नदीबाट बाहिर निस्किएनन्, कतिले जादुगर हो अन्तै निस्किसक्यो भन्ठाने । घण्टौं बितेपछि पनि लाहिरी कतै देखा नपरेपछि उनको खोजी गर्न थालियो । प्रहरी तथा गोताखोरहरूले उनको मृत शव राति मात्र फेला पार्न सकेका थिए ।