साप्ताहिक संवाददाता
कुनै पनि व्यक्तिले आफ्नो चाहना र योग्यताअनुसार स्वतन्त्र रूपले अध्ययन गर्न पाउँछ । कसैले म अलिकति फरक किसिमले अध्ययन गर्न चाहन्छु भन्छ र सबै प्रक्रिया पूरा गरेर विदेश जान खोज्छ भने उसलाई जबरजस्ती रोक्ने अधिकार सरकारसँग पनि छैन । उच्च शिक्षाका धेरै विधा नेपालमा उपलब्ध पनि छैनन् । जुन विधा नेपालमा छँदै छैन त्यो विषय अध्ययन गर्नै नपाउने त ? ती विषय अध्ययन गर्न सम्बन्धित शैक्षिक संस्था अनि देशले अनुमति दिन्छ भने प्रक्रिया पुर्याएर जहाँसुकै जान पाउनुपर्छ ।
पवन घिमिरे
पिँडालुजस्तो, विदेश नगै कसले ख्वाउँछ दाना पानी ? सरकारमा बसेकाहरू अर्बौं झ्वाम पार्छन्, गरीब–गुरुवाहरू विदेश नगएर के गरून् त ?
थापाकी छोरी
साह्रै नराम्रो, देशमा पहिले रोजगारीको न्यूनतम व्यवस्था हुनुपर्छ, त्यसपछि मात्र यस्तो कदम चाल्नु उपयुक्त हुन्छ । देशको अर्थतन्त्र रेमिट्यान्सले नै चलिरा’छ, देशको अर्थतन्त्रको त्यो पाटो नसुल्झए देश डुब्ने खतरा हुन्छ ।
सुवराज घर्तीमगर
एकदम ठीक ।
विजय
ठीक हो । अपरिपक्व उमेरमा विदेश गएर दुःख पाउनुभन्दा यतै रोकिदियो भने सरकारलाई पनि ढुक्क । कसैको गुनासो वा रोना–धोना पनि सुन्नु नपर्ने ।
माष्टर जेवी गाउँले
राम्रो होइन । अब आफ्नो देशको शिक्षा पढेर आफ्नै देशको विकास गर्नुपर्छ ।
डा. हड्डी
राम्रो हो नि यता बसेर बाउ आमालाई नटेरी मात्तिएर हिँड्नेहरू उता गएपछि तै बिसेक हुन्छन्– हाम्रो च्या पसलमा आउने बाले भन्या ।
साइलेन्ट जोन
विदेश जाने भनेका हुने खानेका छोराछोरी हुन्, अब यति भैदियो र जान पाएनन् भने ती बाउ– आमाले नेपालको शिक्षा प्रणालीमा सुधार ल्याउन पक्कै कदम चाल्नेछन् र त्यसो गर्न सक्षम भनेका पनि उनीहरू नै हुन् ।
सुनिल निरौला
विरोध गरौं विरोध । यही हो विरोध गर्ने अर्को अवसर ।
मुकेश वस्ती
राम्रो हो, विदेश पढ्न जाने नै हो भने स्नातक सकेर चैँ जान पाउने व्यवस्था गर्नुपर्छ ।
टी–प्रकाश राई
हावा निर्णय । सरकारले पहिले सोलुसन निकाल्नुपर्यो अनि कानुन बनाउनुपर्यो । सरकार आफू गर्न केही नसक्ने खाली हावा कानुन मात्र बनाएर हुन्छ ?
बाबु सन्जय
सही, ग्रेट भन्नेहरू सबै यूएसए, अस्ट्रेलिया जान पाउने हो भने आफ्नो खेतबारी बेचेर भए पनि जान तयार हुन्छन् । साथीहरू व्यवहारिक हुनुहोस् । रियालिटी लुकाएर बाहिर सद्धे बन्न नखोज्नुहेस् ।
सचिन घर्तीमगर
विदेश पढ्न जान पाउनुपर्छ । विदेशमा सिकेको सीप नेपालमा प्रयोग गर्नुपर्छ ।
दीपेन्द्र परदेशी
ढिला आयो तर कडा आयो ।
नवीन संकल्प
विदेश गएर पढ्ने र ३/४ वर्ष काम पनि गर्ने, त्यसपछि चाहिँ देश फर्किएर आउनुपर्ने नत्र नागरिकता नै रद्द हुने नियम भए देशको प्रगति हुन्थ्यो कि ?
रविशरण श्रेष्ठ
सरकारको ८, ९ र १० मा कोरियन, जापनिज, चाइनिज र हिब्स भाषा पढाउने अनि ११ र १२ मा आइएल्स पढाउने योजना छ कि कसो ?
तीरुपाक
एकदम सही निर्णय ।
भुवन श्रेष्ठ
धेरै राम्रो, कम्तीमा आधारभूत शिक्षा नेपालमै हुँदा आफ्नो देशका बारेमा धेरै कुरा बुझ्छन् ।
युके शर्मा
एसईईलाई धेरै देशमा मान्यता छैन । विद्यालय शिक्षा भनेको १२ उत्तीर्ण गर्नु हो । त्यतिन्जेल विद्यार्थीको शारीरिक, मानसिक तथा अन्य विभिन्न पक्ष थोरै भए पनि विकास भैसकेको हुन्छ । त्यसैले, एसईईलगत्तै विदेश अध्ययनका लागि जान नदिनु राम्रो हो । कम्तीमा केही वर्ष देशमै पढेर देशलाई राम्रोसँग बुझ्छन् ।
उज्ज्वल शाही