साप्ताहिक संवाददाता
असार १८, २०७६
आफूसँग रहेको फेसन, ग्ल्यामर, ब्युटी र मनीलाई कसरी देखाउने भन्ने कुरामा कुनै समस्या छैन । यदि तपाईंसँग प्रशस्त पैसा छ र आफ्नो मस्त जिन्दगी संसारलाई देखाउन चाहनुहुन्छ भने इन्स्टाग्राम त्यसका लागि राम्रो विकल्प हो ।
युरोपको समृद्ध मुलुक स्विजरल्यान्डका धनी बाबुका छोराछोरीहरूले इन्स्टग्राममा ‘रिच किड्स अफ स्विजरल्यान्ड’ एकाउन्ट खोलेका छन् । यो एकाउन्टमा उनीहरूले आफ्नो जीवनका विलासी पलहरू प्रस्तुत गर्दै आएका छन् ।