हङकङमा ४ औँ स्नुकर च्याम्पियनसिप प्रतियोगिता हुने भएको छ । र्स्पोट क्लब हङकङको आयोजनामा उक्त प्रतियोगिता हुन लागेको हो । हङकङेली नेपाली युवाहरुको सक्रियतामा स्थापना भएको स्पोर्ट क्लबले हरेक बर्ष स्नुकर प्रतियोगिताको आयोजना गरिरहेको छ । अर्न्तराष्ट्रिय स्तरमा शौखिन खेलकोरुपमा विकसित स्नुकर नेपालीहरुमाझ अझैपनि परिचित खेलकोरुपमा विकास हुन सकेको छैन ।
हामी तिव्र गतिमा विकासको गतिलाई अघि बढाईरहेको आधुनिक शहर हङकङमा छौ, यहिबाट नेपाली स्नुकर खेलाडीहरु उत्पादन गर्ने अभिप्रायले हरेक बर्ष स्नुकर च्याम्पियनशिपको आयोजना गरिरहेका छौ क्लबका अध्यक्ष ओम गुरुङ बताउँछन् ।
हङकङेलीहरुमाझ परिचित र्स्पोट क्लबकै माध्यमले हङकङमा दर्जन बढि स्नुकरका खेलाडीहरु उत्पादन भएका छन् । तीन बर्षदेखि निरन्तर च्याम्पियन हुदै आएका दिपेन रानाले हङकङकै स्थानिय प्रतियोगितामा समेत अब्बल नतिजा निकाल्दै ब्यवसायिक स्नुकर खेलाडीकोरुपमा करियर अगाडी बढाईरहेका छन् । दिपेन नेपालमा हुने स्नुकर च्याम्पियनशिपमा हङकङको प्रतिनिधीत्व गर्दै प्रतियोगितामा भाग लिनका लागि नेपाल गएका छन् ।
धैर्यता, कौशल र बुद्धिमता स्नुकर खेलको कौशलहरु हुन् । युवाहरु गलत संगतमा लागि लागुपदार्थ दुर्ब्यशन जस्तो गलत प्रवृतिमा लाग्नबाट जोगाउान पनि स्नुकर खेलको विकासले केहि हदसम्म सहयोग पुर्याएको अध्यक्ष गुरुङ बताउँछन । स्नुकर प्रतियोगिताको अभ्यास र खेल कौशल अभिवृद्धीका विभिन्न कार्यक्रमहरु आयोजना गरिरहेको र भबिष्यमा अर्न्तराष्ट्रिय पहिचान प्रदान गर्ने अवसरको श्रृजना गर्न हामी प्रयासरत छौँ, उनी थप्छन् ।
सहभागीताका लागि आहृवान गरिएको प्रतियोगिता यहि सेप्टेम्बर २० मा हङकङ स्थित स्नुकर हाउसमा हुनेछ । प्रतियोगितमा बिजयी प्रथम र दोश्रो खेलाडीलाई क्रमश १० हजार र ५ हजार डलर धनराशि र ट्रफीको ब्यवस्था गरिएको छ भने हाई स्कोररले नगद १ हजार डलरसागै ट्रफी पाउँनेछन् ।