साप्ताहिक संवाददाता
त्यो वर्षा अनि हली–बाउसे अनि रोपाहारहरू सबै गीत सुन्दै अनि गाउँदै रमाएको क्षणको सम्झना आउँछ ।
आचार्य दिपेश
रमाइलो अनि आनन्द । बाल्यकाल र गाउँले जीवनमा झरीमा भिज्दै खेतबारीमा काम गरेको सम्झना आउँछ अनि काठमाडौंको जीवनदेखि वाक्क लाग्छ ।
नरिश्वर गौतम
हरेक पललाई सम्झाउने त्यही साउने झरी त रहेछ । उनको साथ अनि त्यो झरी, सधैं साथ भैदिए कस्तो हुन्थ्यो ?
गणेशमान सिंह ठकुरी
यो पानी असारमै यसरी झमझम परेको भए कति किसानले धान रोप्न पाउँथे भनेर सम्झन्छु ।
दीपक तामाङ
विदेशी भूमिमा ४५ डिग्रीमा पसिना बगाइरहेका छोराहरूको मनमा एउटै कुरा आउँछ— आमा बुवा कति खुसी हुनु भयो होला ? हाम्रो खेत कति हिलाम्मे भयो होला ?
दीपेन्द्र ओझा
गर्मी महिनाको रात अनि हाम्रो पहिलेको टिनको छाना भएको घरमा पानी पर्दा गुन्जिने त्यो छररर, आवाज आहा ! कति शीतल हुन्थ्यो ?
फोवाम्मा लिम्बू
कोदो रोप्दा बारी खनेको र उकाली–ओराली गर्दा प्लास्टिक ओढेर घाँस काटेको याद आउँछ— साउने झरीमा ।
प्रकाश आचार्य
खै के भनूँ, साउने झरीमा भिज्न नपाएको पनि १२ वर्ष भैसकेको छ ।
मेखलराज
त्यो रिमझिम वर्षा अनि साँझ परेपछिको जूनकीरीको लहर । फेरी झ्याउँकिरीको एकोहोरो आवाज आहा ती दिन, ती पल सम्झेर साउन बित्दैछ मेरो ।
नवीन संकल्प
साउनमा झमझम पानी पर्दा घुम ओढेर कोदो रोपेको सम्झना आउँछ ।
रिजन लिम्बु
झरीमा तन रुझाउनुमा त के छ र ? झरी परेका बेला कौसीबाट हेर्दै आफ्नै हातले बनाएको मःम खान मन लाग्छ ।
संर्षष क्षेत्री
पानी पर्दा बादल लाग्छ अनि बादल लागेपछि आकाश देखिँदैन । आकाश नै नदेखिएपछि पृथ्वी बरालिएर अन्तै गएजस्तो लाग्छ ।
हिमाल पुरी
अरूलाई कस्तो लाग्छ थाहा छैन तर यो परदेशीलाई साउन झरीमा हररात सपनीमा ऐठन हुन्छ,गाउँमा सायद पहिरो गयो कि भन्ने गीतले सताउँछ ।
वसन्त सापकोटा
झरी पर्दा लभवाला फिलिङस आउँछ । परीहरू भिजेको देख्न पाइन्छ । अझ भनौ छाता नलिई हिँडेकाहरू रुखको फेदमा ओत लागेको देख्दा, म किन बाहिर गईन घुम्न भन्ने भावना आउँछ ।
हरि थापा
किन पानी परेको होला नि त्यसका बाजे ? घाम लाग्नु नि जस्तो लाग्छ ।
प्रकाश जिरेल
भुटेको मकै खाँदै सिरक ओढेर सुतिरहूँजस्तो लाग्छ ।
तेकमान फेम्बु
मलाई त संगीत सिर्जना गर्न मन लाग्छ ।
दीपक पौडेल
बाढी पहिरो आउँछ कि भनेर रातभर निद्रा लाग्दैन ।
परी मगर
पहिले–पहिलेको याद आउँछ । हप्ता दिनसम्म झमझम पानी पर्थ्यो, आजभोलि त स्यारर दुई मिनेट पर्यो, सक्कियो ।
राजकुमार
ओहो ! कुरै नगरौ जंगलमा गोरु हेर्न जाँदा जानीजानी छाता नलगी गइन्थ्यो । जब झमझम पानी पर्थ्यो तब अरुको छातामा ओतिन छोडेर उनको छातामा घुस्दा कम मज्जा आउथ्यो ?
नवराज आचार्य
त्यो सब आफ्नो स्थितिमा भरपर्छ । खल्तीमा गाँठ भए मौसमलाई च्यालेन्ज गरिन्छ नभए मौसमको च्यालेन्ज सहिन्छ ।
रोहन राना