साप्ताहिक संवाददाता
श्रावण २०, २०७६
नेपालका लागि विश्व ट्वान्टी–२० एसियाली छनौट धेरै अर्थमा निराशजनक रह्यो । सिंगापुरविरुद्धको अन्तिम तथा निर्णायक खेलमा पराजित भएपछि नेपाल उपाधिबाट विमुख हुने निश्चित थियो । प्रतियोगिताका आयोजकहरूले के सोचेछन् भने पराजित भए पनि नेपाल त दोस्रो स्थानमै हो, त्यसैले नेपाली खेलाडीलाई दोस्रो स्थानको पदक वितरण गरियो ।
यद्यपि नेपाल दोस्रो स्थानमा पनि रहेनछ । आयोजकले गरेको हिसाब गलत रहेछ, नेपाल त तेस्रो स्थानमा रहेछ । नेपाल र कतारको समान अंक रहे पनि रेनरेटको आधारमा कतार नै अगाडि रहेछ अर्थात् कतार दोस्रो, अनि मात्र नेपाल । त्यसपछि नेपालले पदक फिर्ता दिनुपर्ने भयो । यसमा नेपाली टिमले खासै विरोध गर्नुपर्ने कुरा पनि थिएन, त्यसैले खेलाडीहरूले खुरुक्क पदक फिर्ता दिए ।
तस्बिर : सुभास हुमागाईं