साप्ताहिक संवाददाता
बाबुआमालाई आफूले छोराका रूपमा पाएको सन्तान छोरी र छोरीका रूपमा पाएको सन्तान छोरा भएपछि कस्तो लाग्दो होला ? पूर्वीय समाजमा छोराले छोरीका रूपमा र छोरीले छोराका रूपमा हुर्किन निकै सारो पर्छ । यद्यपि यस्तो समस्या पश्चिमी समाजमा पनि छ ।
अमेरिकाको क्यालिफोर्नियामा बसोबास गर्ने बेन फ्रायना तथा सारा काप्लानलाई अहिले यही समस्याले सताइरहेको छ । शारीरिक रूपमा छोरीका रूपमा जन्मिएकी जेम्स काप्लान (जन्मदर्ताको नाम परिवर्तन) ११ वर्ष पुगेपछि छोराको जस्तो व्यवहार गर्न थाले भने उनका भाइ ओलिभा काप्लान (जन्मदर्ताको नाम परिवर्तन) ले छोरीको जस्तो व्यवहार गर्न थालिन् ।
जेम्स केटाको लुगा लगाएर अनि केटाको जस्तै केश काटेर केटाकै व्यवहार गर्छन् भने ओलिभा छोरा भए पनि स्कर्ट लगाउँछिन् अनि केटीले जस्तै लामो केश पाल्छिन् र केटीकै जस्तो हाउभाउ निकाल्छिन् । आफ्ना छोरा–छोरीले विपरीत लिंगी व्यवहार देखाउन थालेपछि अहिले काप्लान परिवारलाई उनीहरूलाई आम समाजमा कसरी व्यवस्थित गर्ने र कसरी परिवार तथा समाजसँग सामान्जस्यता मिलाउने भन्ने कुराले सताउन थालेको छ ।