साप्ताहिक संवाददाता
श्रावण २३, २०७६
नेपाली क्रिकेटसँग नजिकको सम्बन्ध भएका व्यक्तिमा पर्छन्— रमेश सिलवाल । यिनै सिलवाल अहिले राष्ट्रिय खेलकुद परिषदको सदस्य सचिव छन् । उनले केही दिनयता नेपाली क्रिकेटमा केही न केही बोलिरहेका छन् । केही दिनअघि मात्र उनले भाइरसले पूरा नेपाली खेल क्षेत्रलाई नै बिगारिरहेको बताएका थिए ।
अहिले उनैले अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिलमा कसैले आफू खराव पदाधिकारी रहेको आसयको पत्र पठाएको खुलासा गरेका छन् । सिलवालका अनुसार त्यही पत्रका कारण सम्भवतः नेपालमाथि काउन्सिलले कायम राख्दै आएको प्रतिबन्ध फुकुवा हुन सकेन् । त्यसैले उनलाई काउन्सिलप्रति पनि उक्तिकै आत्रोश छ ।