साप्ताहिक संवाददाता
श्रावण २९, २०७६
अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले जिम्बावेमाथि प्रतिबन्ध लगाएपछि त्यस्तै निलम्बनको स्थिति बेहोरिरहेको नेपाली क्रिकेटले भने एउटा झिनो सम्भावनाको सपना बुनेको थियो । त्यो थियो, कतै जिम्बावेको अनुपस्थितिमा नेपालले मौका पाउने त होइन ? नेपाल भर्खरै सकिएको एसियाली छनौटमा दोस्रोमा स्थानमा थियो ।
जिम्बावेमाथि प्रतिबन्ध लागेपछि नेपाली क्रिकेट प्रशंसकले के सोचे भने कतै नेपालले ग्लोबल छनौट खेल्न पाउने त होइन ? तर आईसीसीले भने फरक निर्णय गर्यो र जिम्बावेको अनुपस्थितिमा उक्त ग्लोबल छनौट खेल्ने भाग्यमानी टिम रह्यो— नाइजेरिया । अफ्रिकी छनौटमा नाइजेरिया तेस्रो स्थानमा थियो, केन्या र ामिबयापछि ।
आईसीसीलाई लाग्यो, एसियाको छनौटमा दोस्रो हुने नेपालभन्दा अफ्रिकी छनौटमा तेस्रो हुने नाइजरियामै दम छ ।