साप्ताहिक संवाददाता
श्रावण ३०, २०७६
न्युयोर्कमा ‘भिस्पट मेडी स्पा’ खोलेर सफलताको स्वाद चाखेकी सिण्डी बारसोप अप बेलायतमा सोही प्रकृतिको स्पा खोल्ने तयारीमा छिन् । हाल देखापरेका सलुनभन्दा पृथक किसिमको सेवा प्रदान गर्ने यो स्पामा योनीको फेसियल (भजासियल) का साथै चरमोत्कर्षमा पुग्ने क्षमता (ओ सट) तथा भंगाकुरको संवेदनशीलता बढाउने जस्ता सेवा उपलब्ध छन् ।
न्युयोर्कमा यो सेवाले लोकप्रियता पाएपछि सिण्डीले त्यसलाई यो वर्ष लण्डनमा तथा अर्को वर्ष दुबईमा बिस्तार गर्ने योजना बनाएकी छिन् ।
यो स्पा खोल्न मेडिकल चिकित्सकहरूको पनि खाँचो हुने हुँदा दक्ष चिकित्सक फेला पर्ने बित्तिकै स्पा खोल्ने काम अघि बढ्ने सिण्डी बताउँछिन् । न्युयोर्कस्थित उनको भिस्पट मेडी स्पामा योनी कसिलो बनाउने, २४ क्यारेट गोल्ड विकिनी वाक्स तथा विभिन्न जडीबुटीको वाफबाट स्टिम दिने काम समेत गरिन्छ ।