साप्ताहिक संवाददाता
भाद्र ६, २०७६
रेडियो कान्तिपुरको मासिक सांगीतिक कार्यक्रम ‘सलाम ज्यूँदो इतिहासलाई’ को यो महिनाको कार्यक्रममा पुराना संगीतकर्मी लक्ष्मीप्रसाद (एलपी) जोशीलाई सलाम गरिने भएको छ । भोलि शनिबार बिहान रेडियो कान्तिपुरबाट बिहान ८ बजेदेखि १२ बजेसम्म प्रसारण हुने ऊक्त कार्यक्रमका क्रममा संगीतकर्मी जोशीलाई सम्मान गरिनुका साथै उनका लोकप्रिय गीतहरूसमेत प्रस्तुत गरिनेछ ।
प्रत्यक्ष प्रसारण हुने ऊक्त कार्यक्रममा संगीतकर्मी जोशीका गीत प्राश्ना शाक्य, विधान श्रेष्ठ, रुपक डोटेल तथा योगेन्द्र उपाध्याय निरौलाले प्रत्यक्ष वाद्यवादनसहित प्रस्तुत गर्नेछन् । ऊक्त कार्यक्रम कान्तिपुर रेडियोको फेसबुकबाट समेत लाइभ हुनेछ ।