साप्ताहिक संवाददाता
भाद्र ६, २०७६
नेपालमा कुनै ठूलो खेल महोत्सव हुनु पर्छ, त्यसमा व्यवस्थापन सबैभन्दा ठूलो समस्याका रूपमा देखापर्छ । यस्तोमा एभीसी सिनियर मेन्स सेन्ट्रल जोन भलिबल मात्र कहाँ अपवाद हुन सक्छ ? नेपाली भलिबल इतिहासकै सबैभन्दा ठूलो अन्तर्राष्ट्रिय प्रतियोगिताका क्रममा नेपाल भलिबल संघका धेरै कमजोरी देखिए । आयोजकका रूपमा संघले व्यवस्थापन पक्षमा कुनै प्रकारको तयारी नै नगरेको देखियो ।
यस्तोमा प्रश्न उठ्ने गरेको छ, प्रतियोगिता अयोजना गरेर मात्र हुन्छ र ? प्रतियोगिताको कमजोर व्यवस्थापनकै कारण अर्को सुझाव पनि आएको छ— अब नेपाली खेलकुदले प्रतियोगिता आयोजनाको व्यवस्थापन सुदृढ तुल्याउन विशेषज्ञ जनशक्तिको सहयोग लिन ढिलाई गर्नु हुँदैन ।