साप्ताहिक संवाददाता
भाद्र १०, २०७६
सन् १८८० मा पेट्रोललाई इन्जिनको शक्तिमा विकास गरिएपछि सवारी साधनको विकास हुन थालेको हो । सन् १८९४ मा पहिलो पटक पेरिसदेखि रुइनसम्म ८० किलोमिटर लामो रेस भएको थियो । उक्त रेसमा सवारी साधनको गति १६ दशमलव ४ किलोमिटर प्रतिघण्टा थियो ।
आधिकारिक रूपमा पहिलो मोटर रेस सन् १८९५ मा सञ्चालन भयो । पेरिसदेखि बोर्डुएक्ससम्मको १ हजार १ सय ७८ किलोमिटर लामो उक्त रेसमा सहभागी रेसरहरूले आफ्नो कारलाई २४ दशमलव १५ किलोमिटर प्रतिघन्टाको रफ्तारमा गुडाएका थिए ।