साप्ताहिक संवाददाता
भाद्र १८, २०७६
फुटबलको विश्वकप छनौटमा नेपालले आफ्नो पहिलो खेल कुवेतविरुद्ध खेल्नेछ । उक्त खेल भदौ १९ मा कुवेतमै हुनेछ । कुवेतमा धेरै नेपाली वैदेशिक रोजगारीमा छन् । उनीहरूका लागि आफ्नो देशको टिमको खेल हेर्न पाउनु ठूलो अवसर हुन्छ । यस्तोमा अहिलेदेखि नै त्यो खेलको टिकटको माग हुन थालेको छ ।
नेपालको त्यो खेल कुवेत सिटी नजिकको कुवेत स्पोर्ट्स क्लबको मैदानमा हुनेछ । त्यहाँबाट प्राप्त समाचारलाई आधार मान्ने हो भने टिकटका सम्बन्धमा गैरआवासीय नेपाली संघ, नेपाली दूतावास तथा कुवेत फुटबल संघबीच छलफल समेत भैरहेको छ । नेपाली समर्थकहरू चाहन्छन्, टिकट सजिलोसँग पाइयोस् र आरामले आफ्नो देशको समर्थन गर्दै खेल हेर्न पाइयोस् ।