म १७ वर्षीय किशोर हुँ । मैले १५ वर्ष हुँदादेखि नै दिनमा एक पटक हस्तमैथुन गर्दै आएको छु । कहिलेकाहीं दिनमा २–३ पटक सम्म गरेको छु । म अलि पातलो छु, के म पातलो हुनुको कारण मैले दिनहुँ गर्ने हस्तमैथुन हो ? अनि सुनेको छु दिनहुँ यस्तो गर्नाले पछि बालबच्चा अनि आफ्नो यौनसाथीसँग यौनसम्पर्क गर्न मन लाग्दैन । के यो सत्य हो ?
-अनाम
तपाईंलाई थाहै होला– हस्तमैथुन एउटा स्वभाविक प्रक्रिया हो र यसले स्वस्थ यौन विकास भएको संकेत गर्छ । हस्तमैथुनले वजन कम गर्दैन । यसमा खर्च हुने शक्ति निकै न्यून हुन्छ । हस्तमैथुन गर्दा यस्तै १ सय क्यालोरी प्रतिघण्टा खर्च हुन्छ अर्थात् १५ मिनेटमा २५ क्यालोरी । यो हिँड्दा खर्च हुने क्यालोरीभन्दा आधा हो ।
तपाईंले आफ्नो पोषण अर्थात खानपानमा विशेष ध्यान दिनुपर्छ । त्यसैगरी सन्ताने अथवा साथीलाई यौन सुख दिन नसक्ने कुरा पनि सत्य होईन । प्राय:जसो सबैले कुनै न कुनै बेला हस्तमैथुन गरेकै हुन्छन् । यसले प्रजनन क्षमतामा पनि नकारात्मक असर गर्दैन अन्यथा धेरै पुरुषहरू पिता बन्न तथा सुखद यौन जीवन बिताउनबाट बञ्चित हुने थिए । कतिपय विवाहित व्यक्तिले समेत हस्तमैथुन गर्छन् र साथीलाई पनि यौन सुख प्राप्त गर्न राम्रै सहयोग गर्छन् ।
कतिपय जोडीले हस्तमैथुन गर्न एक–अर्कालाई सहयोग गर्छन् । अपवादमा केही व्यक्तिमा भने हस्तमैथुनको लत लागेको हुनसक्छ, त्यस्तो स्थितिमा भने यौन क्रियाकलापमा संलग्न नहुने अवस्था हुनसक्छ । सम्बन्धमा तिक्तता आउने भनेको यस्तै बेला हो ।