साप्ताहिक संवाददाता
भाद्र २४, २०७६
धेरैले अझै पनि सम्झन्छन्, वसन्त गौचन रोएको दृश्य । काठमाडौंमा भएको आठौं दक्षिण एसियाली खेलकुदको फुटबल फाइनलमा नेपाल पराजित भएपछि वसन्त मैदानमै रोएका थिए । अहिले तिनै वसन्तले फुटबल प्रशिक्षकका रूपमा राम्रै उडान भरिरहेका छन्, त्यो पनि फुटबलमा शक्तिशाली देश जापानमा ।
वसन्त जापानको फुटबल संघबाट आधिकारिक मान्यता प्राप्त प्रशिक्षक हुन् । उनी जापानको नाम चलेकै फुटबल एकडेमीसँग आवद्ध छन् । वसन्त केही दिनअघि इंग्ल्यान्ड पुगे, आफ्नो किशोर टिम लिएर । त्यसक्रममा उनको टिमले म्यानचेस्टर युनाइटेड, एस्टन भिल्ला, क्रिस्टल प्यालेसजस्ता क्लबविरुद्ध खेल्ने अवसर पाएको थियो । वसन्त आफैं यो उपलब्धिमा निकै खुसी छन् ।