साप्ताहिक संवाददाता
भाद्र २५, २०७६
अभिनेता अनुप बिक्रम शाही र अभिनेत्री आँचल शर्मा जोडीका रुपमा रंगिन दुनियाँमा देखा परेका छन् । गायिका सहिमा श्रेष्ठको नयाँ गीत रिलिज सँगै यि २ कलाकारले जोडी बाँध्ने मौका पाएका हुन् । गायिका श्रेष्ठको ‘तिम्रो शहर’ बोलको गीतको म्यूजिक भिडियोमा अनुप र आँचल जोडी कलाकारका रुपमा प्रस्तुत भएका हुन् ।
साहिमा सार्वजनिक उक्त गीतमा दिपक शर्माको संगीत तथा अमर बान्तुको शब्द रचना रहेको छ । चलचित्र निर्देशक बसन्त निरौलाले निर्देशन गरेको गीतको म्यूजिक भिडियोमा प्रेम भावलाई समेटिएको छ ।
म्यूजिक भिडियोमा पबित्रा आचार्यको कोरियोग्राफी रहेको छ । दिव्य सुवेदी सिनेमाटोग्राफर रहेको यस भिडियोको सम्पादन सुप्रिम पराजुलीले गरेका हुन् ।
गीतको म्यूजिक भिडियो :