साप्ताहिक संवाददाता
भाद्र २५, २०७६
काठमाडौं
थ्रीलर जनरामा ‘चपली हाइट’ को तेस्रो श्रृंखला निर्माण हुने भएको छ । मंगलबार काठमाण्डौमा एक कार्यक्रमको आयोजना गरेर निर्माण टिमले चलचित्र निर्माणको आधिकारिक घोषणा गरेको हो ।
चपली हाइट ३ लाई निकेश खड्काले निर्देशन गर्नेछन् । यसअघिका सिरिजलाई दीपेन्द्र के खनाललले निर्देशन गरेका थिए ।
यो चलचित्रमा अभिनेत्री स्वस्तिमा खड्का, आमिर गौतम, महेश त्रिपाठी र सुपुष्पा भट्टको मुख्य भुमिका रहने निर्माण टिमले जानकारी गरायो ।
यसअघि स्वस्तिमाको स्थानमा साम्राज्ञी राज्यलक्ष्मी शाहसँग कुरा भएपनि उनले अन्तिममा आएर हात झिकेकी थिइन् । निर्माण पक्षले दिएको जानकारी अनुसार यो चलचित्र आगामी चैतमा प्रदर्शन हुनेछ ।