साप्ताहिक संवाददाता
भाद्र २५, २०७६
नेपाली क्रिकेटमा शक्ति गौचनको योगदान निकै राम्रो छ । सक्रिय खेल जीवनबाट संन्यास लिएयता उनको चर्चा केही कम भएको थियो, तर गत साता उनी फेरि समाचारमा आए र त्यसको कारण व्यक्तिगत थियो ।
शक्ति बुबाको मुख हेर्ने दिनमै तेस्रो पटक पिता भएका छन् र उनले यो खुसी सामाजिक सञ्चालमार्फत सबैलाई सुनाए । शक्तिकी जीवन साथी कविताले बुटवलको लुम्बिनी अञ्चल अस्पतालमा छोरालाई जन्म दिएका हुन् । शक्ति र कविताको यो तेस्रो सन्तान हो । उनीहरूका दुई छोरी छन्— सदीक्षा र कस्तुर ।
शक्ति र कविताबीच १५ वर्षअघि विवाह भएको थियो ।