साप्ताहिक संवाददाता
भाद्र २६, २०७६
गायक आशिष सचिन गौतम र मेलिना राईको ‘एकान दुई कान मैदान’ बोलको गीत सार्वजनिक भएको छ । भद्रगोलका काकु अर्थात दीपक आचार्यको निर्देशन तथा गम्भिर विष्टको कोरियोग्राफी रहेको गीतमा गायक आशिषसँगै सरोज खनाल अभिनेत्री आँचल शर्मा, सरोज अधिकारी, आश्मा विश्वकर्मा, पवन माकुरीको अभिनय रहेको छ ।
हिमान्शु रायमाझीको शब्द रहेको गीतमा भिम विसीको संगीत रहेको छ । उदयराज पौडेलको संगीत संयोजन रहेको गीतको भिडियोलाई अर्जुन तिवारीले खिचेका हुन् । म्युजिक भिडियोलाई जीवन थापाले सम्पादन गरेका छन् ।
गीतको म्यूजिक भिडियो :