साप्ताहिक संवाददाता
भाद्र २६, २०७६
गायक महेश काफ्लेको स्वरमा ‘माया बिरानी’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको छ । गीतमा महेश काफ्ले र मेलिना राईको स्वर रहेको छ । महेश काफ्लेको शब्द तथा सङ्गीत रहेको छ । गीतमा उदय राज पौडेलको संगीत संयोजन रहेको छ ।
गीतको म्यूजिक भिडियोमा अभिनेता नाजिर हुसेन, अभिनेत्री आँचल शर्मा र गायक महेश काफ्लेलाई फिचर गरिएको छ ।
असिम शाहले निर्देशन गरेको उक्त भिडियोलाई हरी हुमागाई र उत्तम हुमागाईले खिचेका हुन् भने सम्पादन लोकेश बज्राचार्यले गरेका हुन् ।
गीतको म्यूजिक भिडियो :