साप्ताहिक संवाददाता
पछिल्लो समय देशमा विभिन्न खाले अवार्डहरु हुने गरेका छन् । यहि मेसोमा राजधानीको राष्ट्रिय नाचघरमा बुधबार पहिलो ‘औद्योगिक शान्ति नेपाल म्युजिक अवार्ड’ सम्पन्न भयो । औद्योगिक शान्ति नेपाल संस्थाले आयोजना गरेको अवार्डको पहिलो संस्करणमा गीतकार डा. डिआर उपाध्यायले सुगम संगीत तर्फ सर्वोत्कृष्ट गीतकारको अवार्ड उचाल्न सफल भए । उनले स्वार्थी दुनियाँ बोलको गीतका लागि उक्त अवार्ड प्राप्त गरेका थिए । सोही गीतबाट उनले अन्य थुप्रै अवार्ड उचालिसकेका छन् ।
उक्त अवार्डमा समारोहमा नेपालका पहिलो ड्रमर देव रानालाई लाईफटाईम अचिभमेन्ट अवार्ड प्रदान गरिएको थियो भने वरिष्ठ सङ्गीतकार राजु सिंहलाई रजत सम्मान प्रदान प्रदान गरिएको थियो ।
त्यस्तै पत्रकारिता सम्मानबाट वरिष्ठ पत्रकार हरिहर विरहीलाई विशेष पत्रकारिता सम्मान तथा कृष्ण भुसाल, सोमप्रसाद बजगाईं शर्मा, किरणप्रसाद अधिकारीलाई सम्मान गरिएको थियो ।
अवार्ड कार्यक्रममा सुगम संगीत तर्फ सर्वोत्कृष्ट गायकको अवार्ड रमेशराज भट्टराईले जितेका थिए । सुगम संगीत तर्फनै सर्वोत्कृष्ट सङ्गीतकारको अवार्ड ज्योति प्रकाशलाई प्रदान गरिएको थियो । युगल गायन सुगम सङ्गीत तर्फ ‘घाममा सुकाईदेउ’ बोलको गीतकाबाट समीर आचार्य र विद्या तिवारी सर्वोत्कृष्ट लोकदोहोरी तर्फ ‘सालको पात’ गीतका गायक कुलेन्द्र वि.क। लाई उत्कृष्ठ गायकको अवार्ड प्रदान गरिएको थियो । लोकदोहोरी तर्फनै गायिकाको अवार्ड भने राधिका हमाललाई प्रदान गरियो ।
अवार्ड कार्यक्रममा सर्वोत्कृष्ट चलचित्र पाश्र्व गायकको अवार्ड राजनराज शिवाकोटीलाई प्रदान गरिएको थियो । सर्वोत्कृष्ट चलचित्र पाश्र्व गायिका तर्फ विन्दू परियारलाई प्रदान गरिएको अवार्ड कार्यक्रममा नेपाली गीत/संगीत क्षेत्रका अन्य थुप्रै विधाका कलाकारलाई अवार्ड प्रदान गरिएको थियो ।