साप्ताहिक संवाददाता
बलिउड अभिनेत्री सनी लियोनीको आइटम नृत्य तथा केही सस्पेन्स दृश्य राखिएको चलचित्र ‘पासवर्ड’ आज शुक्रबार प्रदर्शनमा आएको छ । एबी इन्टरनेसनलको ब्यानरमा निर्माण भएको यो चलचित्रबाट द्वन्द्व निर्देशक सम्राट बस्नेतले चलचित्र निर्देशकका रूपमा ‘डेब्यु’ गर्दैछन् । चलचित्र पासवर्डमा विक्रम जोशी, अनुपविक्रम शाही, बुद्धि तामाङ, छुल्ठिम गुरुङ, विक्रान्त बस्नेत, रवीन्द्र झा, प्रवीण खतिवडा, लिसा सुनार आदिको अभिनय छ ।
सम्राट बस्नेत, निर्देशक
हामीले यो चलचित्र नेपालसहित लण्डन, स्कटल्याण्ड, वेल्स तथा युरोपका विभिन्न मुलुकमा खिचेका छौं । चलचित्रमा एक्सन, थ्रिलर तथा कमेडीको मिश्रण छ । यो चलचित्रमा पहिलोपटक भारतीय अभिनेत्री सनी लियोनीले पनि अभिनय गरेकी छिन् । उनको एउटा गीतमा आइटम र केही सस्पेन्स दृश्य छन् । हामीले अहिलेको प्रविधिको भरपुर प्रयोग गरेर राम्रो चलचित्र बनाउने प्रयास गरेका छौं । यो चलचित्र आगामी असोज १० गतेदेखि यूके, अस्ट्रेलिया, अमेरिका, क्यानाडा, कोरिया आदि मुलुकमा पनि एकसाथ रिलिज हुँदैछ ।