साप्ताहिक संवाददाता
अभिनेता जयकिशन बस्नेतको लेखन, निर्माण, निर्देशन तथा अभिनयको चलचित्र ‘हिरो नं. १’ यो साता प्रदर्शनमा आएको छ । यो चलचित्रले केन्द्रीय चलचित्र जाँच समितिबाट ‘पिजी सर्टिफिकेट’ पाएको छ । चलचित्र हिरो नं. १ मा जयकिशन बस्नेतका साथमा जाहन्वी बस्नेत, संघरत्न महर्जन, शोभित बस्नेत, लय संग्रौला, टार्जन आदिले अभिनय गरेका छन् ।
जयकिशन बस्नेत, अभिनेता/निर्देशक
‘हिरो नम्बर १’ मैले यसअघि निर्माण गरेका चलचित्रको तुलनामा केही फरक छ । फरक यस अर्थमा कि चलचित्रमा कमेडी, एक्सन तथा सस्पेन्स त छ नै यसको कथा अघिल्ला चलचित्रको तुलनामा केही भिन्न छ । यो चलचित्र पूर्ण रूपमा एक्सनप्रधान छ । चलचित्रमा मेरी छोरी जान्हवीले फूल प्याक एक्सन गरेकी छिन् । चलचित्रमा सबै कलाकारले राम्रो अभिनय गरेका छन् । हामीले काठमाडौं, पोखरा, स्याङ्जा, भिमाद तथा चरिकोटमा झन्डै ९२ दिन लगाएर यो चलचित्रको छायांकन गरेका हौं । चलचित्रको बजेट अहिले बनिरहेका चलचित्रको हाराहारीमै छ ।