साप्ताहिक संवाददाता
भाद्र २७, २०७६
काठमाडौं
रातो टीका निधारमा टलक्क टल्कियो !
यो गीत दशैको बेला निकै बज्छ । अशोक शर्मा निर्देशित ‘अल्लारे’ मा समावेश यहि गीतको टाइटल सापटी लिएर निर्माण तथा निर्देशन गरिएको चलचित्र रातो टीका निधारमाको शिर्ष गीत सार्वजनिक गरिएको छ ।
दसैँको झल्को दिने गीतमा चलचित्रका मुख्य कलाकारहरु अंकित शर्मा र साम्राज्ञी राज्यलदक्ष्मी शाहसँगै धेरै कलाकार देखिएका छन् । झापाको रमणीय स्थानमा खिचिएको चलचित्रको गीतमा दसैँको माहोल देखिन्छ । गीतलाई प्रमोद खरेल र मेलिना राईले गाएका हुन् । यसलाई पहिलेकै संगीतकार शम्भुजित बास्कोटाले तयार पारेका हुन् ।