साप्ताहिक संवाददाता
भाद्र २९, २०७६
अभिनेत्री प्रियंका कार्कीले आफ्नो इन्स्टाग्राम एकाउन्टमा अपलोड गरेका पछिल्ला तीन तस्बिरले प्रशस्त लाइक तथा कमेन्ट पाएका छन् । अष्ट्रेलियाको समुद्री किनारमा खिचिएका ती तस्बिरमा प्रियंकालाई सेतो रंगको बिकिनीमा देख्न सकिन्छ । ती तीनवटै तस्बिर प्रियंकाका हुनेवाला श्रीमान् आयुष्मान देशराज जोशीले खिचेका हुन् ।
तीनवटै तस्बिरमा प्रियंकाले आफ्नो तुलना समुद्रसँग गर्दै तीन भिन्न क्याप्सन लेखेकी छिन् । सबैभन्दा पहिले अपलोड गरिएको तस्बिरले ४३ हजारवटा लाइक तथा २ सय १३ वटा प्रतिक्रिया पाएको छ भने दोस्रो पटक अपलोड गरिएको तस्बिरले ३९ हजार लाइक तथा १ सय ९१ वटा कमेन्ट पाएको छ ।
तेस्रो तस्बिरले भने ३५ हजार लाइक तथा १ सय ५६ वटा प्रतिक्रिया प्राप्त गरे । प्रियंकाले यी तस्बिर एक–दुई दिनको अन्तर पारेर गत साता अपलोड गरेकी हुन् ।