साप्ताहिक संवाददाता
भाद्र २९, २०७६
लोकप्रिय गायिका अञ्जना गुरुङ र गायक कन्हैया सिंहको आवाजमा नयाँ गीत सार्वजनिक भएको छ । गायिका अञ्जनाको पछिल्लो एल्वम ‘मिठास– ३’ मा समावेश ‘ठ्याक्कै भेटौंला’ भेटौंला बोलको गीत सार्वजनिक भएको हो ।
लोक पप शैलीमा तयार पारिएको यो गीत गीतकार प्रकाश केसीले लेखेका हुन् । गीतमा सन्तोष श्रेष्ठको संगीत रहेको छ ।
स्मृति तिमिल्सिनाको निर्देशन गरेको उक्त गीतको म्यूजिक भिडियोमा जेम्स बिसी र अपेक्षा सिंहले अभिनय गरेका छन् । गीतमा अभिनय गर्ने अपेक्षा गायक/गायिकाकी छोरी हुन् ।
प्रकाश धमलाको सम्पादको उक्त भिडयोलाई सुरेश श्रेष्ठले छायांकन गरेका हुन् । गीतमा कृष्ण बिकेको संगीत संयोजन रहेको छ ।
ठ्याक्कै भेटौंलाको म्युजिक भिडियो :