साप्ताहिक संवाददाता
नेपाली बजारमा टीभीएसको डबल डिस्क ब्रेकसहितको नयाँ बाइक अपाचे आरटीआर १६० टुभी भित्रिएको छ । युवा पुस्तालाई लक्षित गरी यो बाइक नेपालमा उपलब्ध गराइएको कम्पनीको दाबी छ । रेसिङ डिकल्स, थ्रीडी लोगो, चम्किलो कलर एवं स्पिडोमिटरको नवीन डायलले यो बाइकलाई स्टाइलिस ढाँचा प्रदान गरेको छ ।
यो बाइकमा उच्च ग्रिप टायरहरूका साथ पांग्रामा नयाँ पिन स्ट्राइप तथा डबल डिस्क ब्रेकयुक्त छ । यसमा १५९ दशमलव ७ सीसीको सिंगल सिलिण्डर, फोर स्ट्रोक, एयर–कुल्ड इन्जिन जडान गरिएको छ, जसले १३ दशमलव ०३ एनएमको टर्कका साथ १५ दशमलव १२ पिएसको अधिकतम शक्ति उत्सर्जन गर्छ ।
त्यसका अतिरिक्त मोटरसाइकलले शक्ति र वजनको उत्कृष्ट अनुपात प्रदान गर्छ । यसले ५ दशमलव १५ सेकेन्डमा शून्य देखि ६० किलोमिटर प्रतिघण्टाको गति लिने दावी गरिएको छ । यो मोटरसाइकलको बजार मूल्य २ लाख ६४ हजार ९ सय रुपैयाँ छ ।