साप्ताहिक संवाददाता
सालिया खानवेलनेस, म्यानेजर / भिभान्ता, काठमाडौं
एक्वा एरोबिक्स कस्तो खालको एरोबिक्स हो ?
एक्वा एरोबिक्स पानीभित्र बसेर गरिने एक्सरसाइज हो । जिममा एक्सरसाइज गर्दा कतिपयलाई बोर लाग्न सक्छ तर पुलभित्र पानीमा म्युजिकसँग एक्सरसाइज गर्दा रमाइलोका साथमा बढी क्यालोरी बर्न हुन्छ ।
यसका मुख्य फाइदा के–के छन् ?
पानीभित्र मसल्स र ज्वाइनहरू हल्का हुन्छन् । यसले ब्लड सर्कुलेसनलाई पनि राम्रो गर्छ । यो मुटुका रोगी, ज्वाइनपेन भएका तथा प्रेसरका रोगीहरूका लागि एकदमै उपयुक्त छ । पानीभित्र एक्सरसाइज गर्दा छिटो थाकिँदैन ।
यो एक्सरसाइजले प्रतिघन्टा कति क्यालोरी कम गर्छ ?
पानीभित्र बसेर एरोबिक्स गर्दा प्रतिघण्टा कम्तीमा २ सय ४० देखि ३ सय ६० सम्म क्यालोरी कम हुन्छ ।
एरोविक्स र एक्वा जुम्बामा के–कति भिन्नता छ ?
एक्वा जुम्बामा पानीभित्र बढी डान्स हुन्छ । यसले एरोबिक्सको तुलनामा क्यालोरी घटाउन बढी सहयोग पुर्याउँछ ।