साप्ताहिक संवाददाता
आश्विन १, २०७६
आपसी खटपटका कारण एक पुरुषले आफ्नी प्रेमिकाले पालेको माछाको एक्वेरियममा ब्लिच हालेर ५० भन्दा बढी माछाको सामूहिक हत्या गरिदिएका छन् । सेरेना रेनोल्डसनको फ्ल्याटमा झगडा भएपछि प्रेमी जोन फिजप्याट्रिकले घरमा पालेको माछाको एक्वेरियममा ब्लिच हालेर ती माछा मारेका थिए ।
सेरेनाको उक्त हर्कत भिडियोमा रेकर्ड गरेकी थिइन् ।अदालतमा पुगेको यो घटनाको सुनुवाइ गर्दै जोनलाई १८ साताको जेल सजाय, १ वर्ष कामबाट निलम्बन, १० वर्षसम्म कुनै पनि जनावर पाल्न नपाउने सजायका साथ ४२ हजार रुपैयाँ जरिवाना सुनाइएको छ ।