साप्ताहिक संवाददाता
आश्विन २, २०७६
नेपालीहरुको सबैभन्दा ठूलो चाड दसैं नजिकिएसँगै कलाकारहरुको ब्यस्तता बढ्दै गएको छ । दसैंलाई गीत/संगीतसँग पनि जोडेर हेर्ने गरिएको छ । दसैंको कथालाई केन्द्रमा राखेर कलाकारहरुले गीत सार्वजनिक गर्न सुरु गरिसकेका छन् ।
गीतकार रामप्रसाद बडालले पनि यो वर्षको दसैं गीत सार्वजनिक गरेका छन् । बडालको ‘बहार’ एल्बमभित्र समावेश सार्वजनिक गीतमा रत्न राईको संगीत तथा सत्यकला राई, सरला राई, लक्ष्मण चौलागाई र सङ्गीतकार रत्न राईको स्वर रहेको छ ।
नेपाली मौलिक सास्कृति र चाडपर्वहरूको महत्वलाई दर्शाउँदै नेपाली सास्कृतिको जगेर्ना गर्ने उद्देश्यले यो गीत तयार गरिएको गीतकारको भनाई छ ।
गीतको म्यूजिक भिडियो :