साप्ताहिक संवाददाता
मविगत १० वर्षदेखि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरको पारा पावरलिफ्टिङको प्रशिक्षकका रूपमा सक्रिय छु । अहिले करिब १ सयभन्दा बढी देशमा पारा पावरलिफ्टिङको विकास हुँदै आएको छ । दुबई, काजकिस्तान हुँदै अहिले म विकलाङ्ग व्यक्तिहरूलाई पारा पावरलिफ्टिङको प्रशिक्षण दिन नेपालमा आइपुगेकी छु ।
विगत १३ वर्षदेखि अन्तर्राष्ट्रिय स्तरको प्रतियोगितामा सहभागी हुँदै आएका नेपाली खेलाडीहरूमा आत्मविश्वास बढाउनुका साथै नेपालमा पनि यो खेलको विकास एवं बिस्तार होस् भन्ने मेरो उद्देश्य हो । यो अवधिभर खेलाडीलाई खेल्ने नियमका बारेमा विशेष फोकस गरेकी छु ताकि प्रतिस्पर्धामा खेलाडीहरूले कतै अलमलिनु नपरोस् ।
तीनदिने नेपाल बसाइका क्रममा मैले खेलाडीहरूलाई योग्य खेलाडीभन्दा पनि योग्य प्रशिक्षणका लागि उत्प्रेरित गरेकी छु । यो अवधिभर खेलाडीहरूलाई खेल्ने नियमका सम्बन्धमा समेत अवगत गराएँ । यो प्रशिक्षणबाट खेलाडीहरूलाई थप आत्मविश्वास र ऊर्जा प्रदान गर्नेछ भन्ने मेरो विश्वास छ ।