साप्ताहिक संवाददाता
आश्विन २, २०७६
नेचुरल हिस्ट्री म्युजियमले वार्षिक रूपमा आयोजना गर्दै आएको ‘वाइल्ड लाइफ फोटोग्राफर अफ दि इयर’ को उपाधि जित्न थुप्रै फोटोग्राफरले कल्पनाभन्दा बाहिरका तस्बिर प्रस्तुत गरे ।
नेचुरल हिस्ट्रीले विगत ५५ वर्षदेखि बर्सेनि आयोजना गर्दै आएको यो प्रतियोगितामा यसपटक ५५ हजार तस्बिर सहभागी छन् ।
सहभागी तस्बिरमध्ये केही उत्कृष्ट तस्बिर हालै म्युजियमले सार्वजनिक गरेको छ ।