साप्ताहिक संवाददाता
आश्विन २, २०७६
गायिका रेखा शाह नयाँ गीतका साथमा स्रोता दर्शक माझ आएकी छिन् । उनले ‘बाटैमा रैछ घर तिम्रो...’ बोलको गीत सार्वजनिक गरेकी हुन् । सार्वजनिक गीतमा राजनराज शिवाकोटीको शब्द तथा संगीत रहेको छ । उक्त गीत गायनमा गायिका शाहलाई राजनराज शिवाकोटीलेनै साथ दिएका छन् ।
गीतको म्यूजिक भिडियो पनि निर्माण गरिएको छ । गोविन्द राईको कोरियोग्राफी रहेको गीतको म्युजिक भिडियोमा अन्जली अधिकारी र महेश खड्काले जोडीका रुपमा अभिनय गरेका छन् । नितिन चन्दले निर्देशन गरेको भिडियोलाई दिप्सन बस्नेतले छायांकन र सम्पादन गरेका हुन् ।
गीतको म्यूजिक भिडियो :