हङकङ नेप्लिज तेक्वान्डो एसोसियसनको १७ औ बार्षिक ओपन च्याम्पियनसिपमा भाग लिएर उत्कृष्टता प्रर्दशन गर्ने खेलाडी तथा क्लबलाई एवार्ड प्रदान गरिएको छ ।
हङकङ स्थित काउलुन स्पोर्टस पार्कमा सम्पन्न कार्यक्रममा क्लब मास्टर रोविनकुमार नाल्बो र एभरेष्ट तेक्वान्डोले २१ गोल्ड, १५ सिल्भर, १२ ब्रोन्जी मेडल जित्दै प्रथम स्थान हासिल गर्यो । मास्टर मेख गुरुङ र फरेनर तेक्वान्डोले १० गोल्ड, १२ सिल्भर र २० ब्रोन्जी मेडल जित्दै दोश्रो स्थान हासिल गर्यो । मास्टर चौउबहादुर गुरुङ र युनिफाईड तेक्वान्डोले ८ गोल्ड, १२ सिल्भर र १९ ब्रोन्जी मेडल जित्दै तेश्रो स्थान हासिल गर्यो ।
बिजेता क्लब तथा पदाधिकारीहरुलाई आयोजक कमिटीका प्रेसिडेन्ट ग्राण्ड मास्टर तुलसीकुमार गुरुङ अतिथीहरु डा. जिम लि (भाईस प्रेसिडन्ट अफ हङकङ तेक्वान्डोे एसोसियसन), मिस्टर जोसेप पाउ (कमान्डर हङकङ एडेभन्चर क्रप्स), टिका गुरुङ (एनआरएन हङकङ अध्यक्ष), ग्राण्ड मास्टर विल्म वङ् (प्रेसिडेन्ट अफ मकाउ तेक्वान्डो एसोसियसन), ग्राण्ड मास्टर केल्भिन वोङ (एडभाईजर अफ हङकङ तेक्वान्डो एसोसियसन) लगायतले ट्रफी, मेडल तथा प्रमाणपत्र वितरण गरेका थिए ।
नेपाल, मकाउ, हङकङ गरि १८ क्लबको सहभागिता रहेको प्रतियोगितामा कुल ३९० जना सहभागी थिए । खेलाडीहरुले महिला क्याटोगोरी तर्फ ३ र पुरुष क्याटोगोरी तर्फ १२ स्प्यारिङ प्रस्तुत गरेका थिए ।