साप्ताहिक संवाददाता
गायक डेभिड शंकर रुचाइएका गायक हुन् । उनको स्वर पाश्र्व गायनमा होस् वा सुगम संगीतमै किन नहोस्, जता पनि सुन्न सकिन्छ । झन्डै १२ वर्षअघि सांगीतिक क्षेत्रमा प्रवेश गरेका पाँचथरका यी युवाले हालसम्म झन्डै ८० वटा गीतमा स्वर दिइसकेका छन् । डेभिड चलचित्र ‘पञ्जेबाजा’को ‘घिनघिन मादल’ तथा ‘छक्का पन्जा–३’ को ‘पहिलो नम्बरमा’ गीतबाट बढी चिनिएका गायक हुन् । उनले आफूलाई मन पर्ने गायिकाहरू यसरी छनोट गरेका छन् ।
अन्जु पन्त
म उहाँको आवाजको ठूलो फ्यान हुँ । उहाँको जस्तो स्वर पाउन गाह्रै हुन्छ ।
मेलिना राई
मैले मेलिना राईसँग ‘सल्लेरीको वन’ गीतमा सहकार्य गर्ने मौका पाएको थिएँ । उहाँको स्वर मसँग सुट र फिट भयो । मलाई लाग्छ, अधिकांश गायकसँग उहाँको स्वर फिट हुन्छ ।
विन्दु परियार
अलग किसिमको भ्वाइस छ परियारको । उहाँको भ्वाइस पनि सबैजसो गायकसँग फिट हुन्छ ।
मिना निरौला
गायिका मिना निरौला भर्सटायल गायिका हुनुहुन्छ । म त उहाँलाई ड्यासिङ गायिका नै मान्छु । उहाँको गायकी दमदार छ ।
वेनिशा पौडेल
गायिका वेनिशा पौडेल संघर्षरत गायिका हुनुहुन्छ । उहाँको स्वर अत्यन्त राम्रो छ । वेनिशा नयाँ पुस्ताका गायिकाहरूमध्ये बढी सम्भावना बोकेकी गायिका हुन् ।