साप्ताहिक संवाददाता
माघ ५, २०७६
गायक दिनेश गौतमको आवाजमा रहेको म मरिसकेपछि बोलको गीतको भिडियो सार्वजनिक भएको छ । गीतमा पुरुषोत्तम बस्नेतको शब्द, पुस्तक प्रसादको संगीत र उदयराज पौडेलको संगीत संयोजन सुन्न सकिन्छ ।
भिडियोलाई विधान कार्कीले निर्देशन गरेका छन् । भिडियोमा आयुष रिजाल, शिशिर भण्डारी, शिलाष्मा हमाल र दिपेन्द्र कार्कीको अभिनय छ । गम्भीर बिष्टको कोरियोग्राफीमा उत्सव दाहालले खिचेको भिडियोलाई विकास दाहालले सम्पादन गरेका छन् ।
भिडियोमा शिक्षक र विद्यार्थीबीचको प्रेम सम्बन्धलाई देखाइएको छ । भिडियोलाई नेप्सिने फिल्म स्टुडियोले उत्पादन गरेको हो ।
गीतको म्यूजिक भिडियो :