साप्ताहिक संवाददाता
अभिनेत्री मिरुना मगरले हालसम्म चारवटा चलचित्रमा अभिनय गरिन् । दु:ख लाग्दो कुरा के छ भने, ती चारै चलचित्र व्यावसायिक रूपमा असफल भए । उनले अभिनय गरेका चलचित्रहरू लालपूर्जा, रोज, साइनो तथा चचहुई चलेनन् । सौगात मल्ल, विपिन कार्की, प्रदीप खड्का, आर्यन सिग्देल जस्ता चल्तीका अभिनेतासँगको साथले पनि मिरुनाको करियरलाई माथि उठाउन सकेन ।
यतिबेला उनले अभिनेता दयाहाङ राईसँग चलचित्र जारीमा अभिनय गरेकी छिन् । यो उनको पाँचौं चलचित्र हो । यो चलचित्रबाट उनी निकै नै आशावादी छिन्, त्यसअघि यस अघिका चारवटै चलचित्रबाट पनि उनी आशावादी नै थिइन् ।
बेलायतबाट अभिनेत्री बन्नका लागि काठमाडौं आएकी मिरुना चारवटा चलचित्रको असफलतापछि पनि निराश भने छैनन् । त्यसैले त अहिले फुर्सदको समयमा उनी देश दौडाहामा छिन् । सामाजिक सञ्जालमा सक्रिय रहने यी अभिनेत्री अहिले जहाँ–जहाँ पुगेकी छिन्, नेपाल भ्रमण वर्षको प्रवद्र्धनसमेत गरिरहेकी छिन् ।