देखि

सम्म

साउन ३ देखि ८ गतेसम्मको राशिफल

रामप्रसाद सिटौला (फलित ज्योतिष), श्रावण ३, २०७६

विद्यार्थीवर्गका लागि उपलब्धिमूलक समय छ । तर्कशक्तिका बलले उन्नतिको मार्ग पहिल्याइनेछ । भनेजस्तो रोजगारीमा प्रवेश वा पदोन्नतिको सम्भावना छ । अनुकूल स्थानमा स्थानान्तरण हुनसक्छ । विदेश भ्रमणका लागि समय अनुकूल देखिन्छ । सेतो रंग प्रयोग गर्न सके विशेष फाइदा हुनेछ ।   पुरा पढ्नुहोस्

आजबाट हरर चलचित्र घर प्रदर्शन

साप्ताहिक संवाददाता , श्रावण ३, २०७६

यो साता हरर चलचित्र ‘घर’ प्रदर्शनमा आउँदैछ । हरर चलचित्र ‘सुनकेशरी’का निर्देशक अभिनेता तथा निर्देशक अर्पण थापाले नै यो चलचित्रको निर्देशन गरेका हुन् । अर्पण थापा, बेनिशा हमाल तथा सुरक्षा पन्तले प्रमुख भूमिका निर्वाह गरेको चलचित्र घरमा दर्शकले आत्मा र मानिसबीचको द्वन्द्व हेर्न पाउनेछन् । पुरा पढ्नुहोस्

इन्दिराको नाचौँ मितिनीमा सम्झनाको छमछमी

साप्ताहिक संवाददाता , श्रावण ३, २०७६

गायिका इन्दिरा भट्टराईको नयाँ तीज गीत बजारमा आएको छ । लामो समयदेखि सुगम संगीतमा सक्रिय भट्टराईले बरिष्ठ गीतकार दिनेश अधिकारीको शब्द रचना रहेको मौलिक तीज गीत बजारमा ल्याएकी हुन् । थुप्रै आधुनिक गीतमा आवाज भरेकी भट्टराले सार्वजनिक गरेको ‘नाचौँ मितिनी’ बोलको गीतमा लोकप्रिय संगीतकार सन्तोष श्रेष्ठले संगीत गरेका छन् ।  पुरा पढ्नुहोस्

मालाको माया

साप्ताहिक संवाददाता , श्रावण ३, २०७६

झापा घर भै हाल राजधानीको कपनस्थित बालुवाखानी बस्ने साहित्यकार हरिमाया भेटवालको जीवनसँग जोडिएको नाटक ‘माया’को मञ्चन राजधानीमा सम्पन्न भएको छ । दरबारमार्गस्थित माला आर्टस् एकेडेमीको पहिलो र दोस्रो व्याचका ३१ विद्यार्थीको तीन महिनाको प्रशिक्षण पछि भएको ग्राजुएसन सेरेमोनीका अवसरमा बत्तीसपुतलीस्थित शिल्पी थिएटरमा उक्त नाटक मञ्चन गरेका हुन् । पुरा पढ्नुहोस्

एड्रिन प्रधान  अनप्लग्ड

साप्ताहिक संवाददाता , श्रावण ३, २०७६

गैरीधारास्थित लस स्कोबारले एड्रिन प्रधान अनप्लग्डको आयोजना गर्दैछ । आज शुक्रबार साँझ ६ बजेदेखि भोलि शनिबार विहान २ः३० बजेसम्म चल्ने ऊक्त कार्यत्रममा एड्रिनको लाइभ संगीत सुन्न १ हजार शुल्क तिर्नुपर्नेछ  जसमा एक क्यान वियर निःशुल्क उपलब्ध हुने बताइएको छ ।  पुरा पढ्नुहोस्

एउटा फोटोले ल्याएको फिल्मी तरंग

साप्ताहिक संवाददाता , श्रावण ३, २०७६

हिलो कुरा राष्ट्रपति निवासमा औपचारिक नृत्य यस्तो नृत्य, त दरबारमा नि हुँदैनथ्यो । उक्त हलमा नाँच्ने–गाउने किसिमको स्टेज, मेकअप रुम, लाइट, पर्दा आदि छैनन् र त्यो राष्ट्रपतिको आग्रहमा नभै चाकडी प्रदर्शनका कारण भएकाले त्यस्तो समस्या सिर्जना हुनु अस्वभाविक भएन । अर्कै उद्देश्यले बनेको सानो कोठामा पुरुष–महिला सबै सेलिब्रेटीलाई भेंडा जस्तो कोच्चिनुमा राष्ट्रपतिको के दोष ? पुरा पढ्नुहोस्

सिटी सेन्टरमा नील डेविडको सलून उद्घाटन

साप्ताहिक संवाददाता , श्रावण ३, २०७६

हेयर स्टाइलिस्ट नील डेविड कटवाल, उनकी फूपु नीशा क्षेत्री कटवाल, उनका धर्मबुवा डेविड भिनाइल, नील डेविडकी जीवनसंगीनी सुष्मा कार्की, उद्यमी कासिम मियााले केक काटेर उक्त सलूनको शुभारम्भ गरेका हुन् । पुरा पढ्नुहोस्

सानो मन लाई मिश्रित प्रतिक्रिया 

साप्ताहिक संवाददाता , श्रावण ३, २०७६

अघिल्लो साता प्रदर्शनमा आएको चलचित्र ‘सानो मन’ले दर्शकबाट राम्रो प्रतिक्रिया पाइरहेको छ । सांगीतिक प्रेमकथामा आधारित आयुष्मान देशराज जोशी तथा अभिनेत्री शिल्पा मास्के अभिनित यो चलचित्रको कथा दर्शकले रुचाएको पाइन्छ । युवाहरूको मनोविज्ञान प्रस्तुत गरिएको यो चलचित्रले मुख्य रूपमा आयुष्मान र शिल्पाको प्रेमकथामै केन्द्रित छ ।  पुरा पढ्नुहोस्

जगडोल—तारेभिर—सुन्दरीजल हाइक 

साप्ताहिक संवाददाता , श्रावण ३, २०७६

हाइक फर नेपालले आयोजना गर्ने जगडोल—तारेभिर—सुन्दरीजल हाइकिङ भोलि शनिबार बिहानै सुरु भएर साँझ ५ बजे सम्पन्न हुनेछ । हाइकिङमा जान चाहनेले विहान ६ः४५ बजे भृकुटीमण्डपको प्रदर्शनी हल अगाडि आउनुपर्नेछ । पुरा पढ्नुहोस्

सुमनको विहानी –४ बजारमा

साप्ताहिक संवाददाता , श्रावण ३, २०७६

गायक सुमन कुमार श्रेष्ठको एकल गीतिएल्बम ‘विहानी ४’ को अडियो तथा झिडियो सार्वजनिक गरिएको छ । विन्धवाशिनी म्युजिक र बिन्दु हार्डवेयरको संयुक्त आयोजनामा काठमाडौंको नयाँ वानेश्वरस्थित इन्द्रणी ब्याक्वेटको हलमा आयोजित कार्यत्रमका बीच विमोचन गरिएको हो ।  पुरा पढ्नुहोस्