देखि

सम्म

प्राविधिक शिक्षाको ढोका ग्रेडले छेक्दैन

युवराज गौतम, श्रावण ७, २०७६

राष्ट्रिय परीक्षा बोर्ड तथा स्थानीय सरकारको अनुमतिमा संचालित अन्य प्राविधिक कोर्सहरू पढ्न पनि कुनै बन्देज छैन । राष्ट्रिय परीक्षा बोर्डका सूचना अधिकारी नारायण पोखरेलका अनुसार प्राविधिक कोर्स पढ्न एसईईको नतिजा बाधक बन्दैन तर ग्रेडिङमा चित्त नबुझे रिग्रेडका लागि पुनः परीक्षा दिने अवसर पाइन्छ । पुरा पढ्नुहोस्

पहिलो औद्योगिक शान्ति नेपाल म्युजिक अवार्ड

साप्ताहिक संवाददाता , श्रावण ७, २०७६

‘औद्योगिक शान्ति नेपाल म्युजिक अवार्ड २०७६’ को आयोजना हुने भएको छ । अवार्ड आउँदो भदौ २५ गते राष्ट्रिय नाचघर जमलमा सम्पन्न हुने छ । अवार्ड सहभागीताका लागि आयोजकले साउन मसान्तसम्म आफ्ना गीत/संगीत दर्ता गराउन आग्रह गरेको छ । दर्ता भएका गीत/संगीत मध्येबाट भदौको दोस्रो साता उत्कृष्ठ ५ सार्वजनिक गरिने आयोजक संस्थाका अध्यक्ष सन्दिप महतले बताएका छन् । पुरा पढ्नुहोस्

अस्पतालमा रोबोटिक टेडी बियर

साप्ताहिक संवाददाता , श्रावण ७, २०७६

बिरामी अवस्थामा अस्पताल भर्ना हुनुपर्‍यो भने बालबालिकालाई थप तनाव हुन्छ । यस्तै अवस्थामा रोबोटिक टेडी बियर प्रयोग गरियो भने उनीहरूको तनाव कम हुन्छ । यससम्बन्धी अध्ययन पेडियाट्रिक जर्नलमा प्रकाशित छ । पुरा पढ्नुहोस्

हिरोइन पाउँदा दंग 

साप्ताहिक संवाददाता , श्रावण ७, २०७६

अभिनेता रमित ढुंगानाले आफ्नो नयाँ चलचित्रका लागि अभिनेत्री सुपुष्पा भट्टसमक्ष प्रस्ताव राखे । सुपुष्पाले अध्ययनको कारण देखाउँदै उक्त भूमिका अस्वीकार गरिन् । आफैंले निर्माण तथा अभिनय गर्ने चलचित्र ‘राजा साहेब’ का लागि रमितले अन्य केही अभिनेत्रीसमक्ष पनि प्रस्ताव राखे, तर उनले प्रस्ताव राखेका अभिनेत्रीहरू खै किन हो तर्किंदै गए । पुरा पढ्नुहोस्

कार्तिकलाई चारो

साप्ताहिक संवाददाता , श्रावण ७, २०७६

प्यारका पन्चनामा, सोनुकी टिटुकी स्वीटी, लुकाछिपीजस्ता सफल चलचित्रमा अभिनय गरेर चर्चामा आएका कार्तिक आर्यन यतिबेला बलिउडमा हट केक मानिन्छन् । पछिल्लो समय उनको नाम सारा अली खानसँग जोडिंदै आएको छ । यसबीच भूमि पेडनेकरले कार्तिक आर्यनलाई चारो हाल्न थालेको खबर आउन थालेको छ । पुरा पढ्नुहोस्

लिटिल आइडललाई खोज्दै प्याब्सन र एक्सन

साप्ताहिक संवाददाता , श्रावण ७, २०७६

शैक्षिक कोर्षमा नसमेटिएका तर विद्यार्थीका लागि आवश्यक विषयबारे ज्ञान दिने उद्देश्यले प्याब्सन काठमाडौं र एक्सन इन्टरटेनमेन्टद्धारा आयोजित मिस लिटिल आइडल २०१९ को खोजी सुरु भएको छ । राजधानीमा पत्रकार सम्मेलन गरी आयोजकले यसबारे जानकारी दिएको हो ।  पुरा पढ्नुहोस्

दीलिपको ‘हेल्लो काशीराम’ छायाँकनमा

साप्ताहिक संवाददाता , श्रावण ७, २०७६

पुराना अभिनेता दीलिप रायमाझीले शिर्ष भूमिकामा रहेर अभिनय गरेको चलचित्र ‘हेल्लो काशीराम’को छायाँकन सुरु भएको छ । कमेडी जनरामा निर्माण हुन लागेको चलचित्रको सोमबारबाट छायांकन प्रारम्भ गरिएको हो । यो चलचित्र रिम विश्वकर्माले निर्देशन गर्न लागेका हुन् ।  पुरा पढ्नुहोस्

रौनक साउनको

सिर्जना दुवाल श्रेष्ठ, श्रावण ७, २०७६

हामी जति आधुनिक हुँदै गए पनि हामीले आफ्नो संस्कृति एवं सामाजिक परम्परालाई त्यति नै गहनताका साथ आत्मसात गरिरहेका छौं । यसको उदाहरणका रूपमा हिन्दू महिलाहरूमाझ लोकप्रिय साउने सोमबार तथा तीजको व्रतलाई लिन सकिन्छ । साउने सोमबारका दिन विवाहित महिलाहरू भगवान शिवको आराधना गर्दै व्रत बस्छन् । पुरा पढ्नुहोस्

खानेकुरामा प्रयोग हुने विषादीको प्रकोपबाट जोगिन के गर्नुपर्ला ?

साप्ताहिक संवाददाता , श्रावण ७, २०७६

खानेकुरामा परिसकेको विषादीबाट कसरी जोगिनेभन्दा पनि कसरी मिसावट भयो, त्यसमै ध्यान पुर्‍याउनुपर्‍यो । हामी सबै आ–आफ्नो स्वास्थ्य प्रतिसजग हुनुपर्छ । सरकारका सम्बन्धित निकायले पनि प्रभावकारी ढंगले कदम चाल्नुपर्छ ।  पुरा पढ्नुहोस्

विश्वकपमा बनेका कीर्तिमान

साप्ताहिक संवाददाता , श्रावण ७, २०७६

अस्ट्रेलियाली प्रारम्भिक ब्याट्सम्यान डेविड वार्नरले बंगलादेशवविरुद्ध बनाएको १ सय ६६ रन यो विश्वकपमा बनेको व्यक्तिगत उच्च स्कोर रह्यो । डेबिडले १ सय ४७ बलको सामना गरेर १४ चौका तथा ६ छक्का प्रहार गरे । त्यसलाई पछ्याउँदै इंग्ल्यान्डका जेसन रोय र अस्ट्रेलियाकै एरोन फिन्चले समान १ सय ५३ रन बनाएका थिए ।  पुरा पढ्नुहोस्

‘डक्टर डेनिम’ को ब्राण्ड एम्बेसडर बने प्रेम गीत ३ का अभिनेता

साप्ताहिक संवाददाता , श्रावण ७, २०७६

एउटा पनि चलचित्रमा काम नगरेका मनिष राउत चलचित्र ‘प्रेम गीत ३’ मा छानिएपछि चर्चामा छन् । उनको लुक्सले दर्शकको ध्यान तानेको छ । आगामी चैत २८ मा प्रदर्शन हुने चलचित्रका लागी उनले अहिले वर्कशप गरिरहेका छन् । पुरा पढ्नुहोस्

छविको नयाँ खेल : सम्पत्ति जोगाउन फिल्मी शैलीमा हेमालाई इन्ट्रि !

साप्ताहिक संवाददाता , श्रावण ७, २०७६

अभिनेत्री शिल्पा पोखरेलले श्रीमान् छवि ओझाबाट भोगेको घरेलु हिंसाको वृत्तान्त सार्वजनिक गरेपछि केहि हप्तादेखि मिडियामा उनिहरुकै समाचारले प्राथमिकता पाएको छ । चलचित्र बजार उनिहरुकै गफगाफले तातेको छ, चिया खाने चियापसल देखि दारु खाने भट्टि र रेष्टुरेन्टसम्म उनिहरुकै बारेमा गफगाफ चल्ने गरेको छ । पुरा पढ्नुहोस्