देखि

सम्म

कार्तिक २९ देखि मंसिर ५ गतेसम्मको राशिफल

रामप्रसाद सिटौला (फलित ज्योतिष), कार्तिक २९, २०७६

तथ्य कुरा पत्ता लगाई असहज परिस्थतिको सामना गर्न सकिएला । आफ्नो क्षमता प्रदर्शन गरी इनाम प्राप्त गर्न सकिनेछ । उथलपुथल पूर्ण पारिवारिक वातावरणबाट मुक्ति पाइनेछ । मन मिल्ने साथिको सुझावको मात्र विश्वास गर्नाले पछि परिएला । प्रेमको नाटक गरी झुक्याउनेहरूसँग सचेत रहनुपर्नेछ । पिपलको पूजाले अघि बढ्न मद्दत गर्नेछ । पुरा पढ्नुहोस्

भुवन केसीको मिस्टर नेपाली आजबाट

साप्ताहिक संवाददाता , कार्तिक २९, २०७६

अभिनेता तथा निर्माता भुवन केसी पछिल्ला वर्षहरूमा चलचित्र निर्माणमै केन्द्रित छन् । एक समय चलचित्रको अभिनयमा व्यस्त यी अभिनेता अन्तिम पटक उनैले निर्माण गरेको चलचित्र ‘क्याप्टेन’को एउटा गीतमा देखिएका थिए । भुवन उक्त गीतमा बाहेक कुनै पनि चलचित्रमा देखिएका छैनन् । यिनै भुवन लामो समयपछि चलचित्र ‘मिस्टर नेपाली’मार्फत चलचित्रमा देखा पर्दैछन् । पुरा पढ्नुहोस्

चौथो ग्लोबल नेपाली चलचित्र एवार्ड 

साप्ताहिक संवाददाता , कार्तिक २९, २०७६

ग्लोबल नेपाली फिल्म एवार्डको चौथो संस्करण २०१९ को तयारी अन्तिम चरणतिर पुगेको छ । यो वर्ष चौथो ग्लोबल नेपाली फिल्म एवार्ड–२०१९, सान फ्रान्सिस्कोको बे एरियामा  नोभेम्बेरको ३० देखि डिसेम्बर १ तारिकसम्म चल्ने बताइएको छ ।  पुरा पढ्नुहोस्

सिम्फोनीमा रोहित

साप्ताहिक संवाददाता , कार्तिक २९, २०७६

रोेहितजंग क्षेत्रीको प्रशंसक हुनुहुन्छ भने एउटा खुसीको खबर छ । काठमाडौं, हात्तीसारस्थित सिम्फोनी लाउन्ज एन्ड बारमा आज शुक्रबार रोहितले सांगीतिक प्रस्तुति दिंदैछन्, जसमा गायक डेभिड गुरुङ तथा डिजे बोबीले उनलाई साथ दिनेछन् । पुरा पढ्नुहोस्

गोविन्दामय महोत्सव 

साप्ताहिक संवाददाता , कार्तिक २९, २०७६

वीरगञ्जमा सम्पन्न चलचित्र महोत्सव बलिउड अभिनेता गोविन्दामय भएको कुरा त्यहाँ पुगेका सञ्चारकर्मीहरूले बताएका छन् । काठमाडौंबाट वीरगञ्ज पुगेका झन्डै डेढ सय नेपाली कलाकार नै गोविन्दासँग सेल्फी खिचाउन व्यस्त रहे, जसका कारण गोविन्दाले आफ्ना वास्तविक प्रशंसकको अनुहार समेत देख्न पाएनन् । महोत्सव जारी रहँदा त्यहाँ पुगेका अधिकांश नेपाली कलाकारले गोविन्दासँगकै तस्बिर मात्र पोस्ट गरिरहे । पुरा पढ्नुहोस्

साताको फिल्मी खबर

साप्ताहिक संवाददाता , कार्तिक २९, २०७६

 मंसिर ६ गतेदेखि प्रदर्शनमा आउने चलचित्र ‘च च हुई’ को क्यारेक्टर पोस्टर सार्वजनिक भएको छ, जसमा आर्यन सिग्देल, मिरुना मगर, भोलाराज सापकोटा तथा माओत्से गुरुङलाई चित्रण गरिएको छ ।  पुरा पढ्नुहोस्

यौनसम्पर्कपछि  पुरुषहरु किन सुत्न चाहान्छन्

साप्ताहिक संवाददाता , कार्तिक २९, २०७६

सामान्यत: के देखिन्छ भने यौन सम्पर्कपछि महिलाहरू आफ्नो यौन साथीसँग चल्ने जिस्कने कुरामा रुचि राख्छन् र त्यसका लागि पहल पनि गर्छन् । उनीहरू आफ्नो यौन साथीसँग रमाइला तथा मीठा कुराकानी गर्न चाहन्छन् । त्यसको ठीक विपरीत अधिकांश पुरुष तत्कालै कोल्टे फर्केर निदाउने प्रयास गर्छन् । त्यस्तो अवस्थामा अधिकांश महिला के सोच्छन् भने लोग्ने मानिसहरू स्वार्थी हुन्छन् । पुरा पढ्नुहोस्

हिमाल चुम्न ‘याक अट्याक’

आश गुरुङ, कार्तिक २९, २०७६

प्रतियोगितामा नेपालसहित बेलायत, फ्रान्स, इटाली, जर्मनी, अमेरिका आदि १२ देशका २५ जना अन्तर्राष्ट्रिय साइकल रेसलर सहभागी छन् जसमध्ये ५ जना नेपाली छन् भने २ जना विदेशी महिला छन् । यसपटक एसियाली खेलकुदको बन्द प्रशिक्षणका कारण नेपाली महिलाहरू भने प्रतियोगितामा सहभागी छैनन् ।  पुरा पढ्नुहोस्

नाईं नभन्नु ल– ५ का अभिषेश १२ सत्ताईसमा

साप्ताहिक संवाददाता , कार्तिक २९, २०७६

चलचित्र नाईं नभन्नु ल– ५ बाट नेपाली रजतपटमा उदाएका अभिनेताको नाम हो– अभिषेक नेपाल । उनले उक्त चलचित्रमा अभिनेत्री स्वस्तिमा खड्काको जोडीका रुपमा काम गरेका थिए । पहिलो चलचित्रबाटै मध्यम प्रतिकृया बटुलेका अभिनेता अभिषेकको दोस्रो चलचित्र रिलिजको तयारीमा छ ।  पुरा पढ्नुहोस्

‘मिस्टर नेपाली’का दर्शक कता हराए ?

साप्ताहिक संवाददाता , कार्तिक २९, २०७६

यो साताको फ्रेस रिलिज अन्तर्गत चलचित्र ‘मिस्टर नेपाली’ हल छिरेको छ । विदेशमा बस्ने नेपालीहरुमा नेपालको माया कति छ ? भन्ने विषयमा केन्द्रित रहेको यो चलचित्रमा भुवन केसी र साहिल श्रेष्ठको प्रमुख भूमिका देख्न सकिन्छ । पुरा पढ्नुहोस्

नबिन र एड्रियनले इटहरी झुमाउने

साप्ताहिक संवाददाता , कार्तिक २९, २०७६

पूर्वाञ्चल म्युजिक फेस्टिभल २०७६ नाम दिइएको फेस्टिभलमा एड्रियन प्रधान र नबिन के भट्टराई विशेष आकर्षण रहनेछन् । कार्यक्रममा दुबै गायक आफ्नो ब्यान्डसहित प्रस्तुत हुने छन्  । कार्यक्रममा भ्वाइस अफ नेपाल प्रतिस्पर्धी सुशान्त केसीको पनि प्रस्तुति रहनेछ । सुशान्त गत सिजनको भ्वाइस अफ नेपालको टप फाइभभित्र परेका प्रतिस्पर्धी थिए । कार्यक्रममा अस्तित्व ब्यान्डको पनि प्रस्तुति रहने श्रेष्ठले बताए ।  पुरा पढ्नुहोस्

साधारण तारेखमा छुटिन् शिल्पा पोखरेल 

साप्ताहिक संवाददाता , कार्तिक २९, २०७६

जिल्ला अदालतले पोखरेललाई यसअघि पक्राय पुर्जी जारी गरेको थियो । छवि ओझा भने लामो समदेखि सम्पर्कविहिन छन् । पुरा पढ्नुहोस्

राजाराम गौतम ‘साप्ताहिक’का सम्पादक

साप्ताहिक संवाददाता , कार्तिक २९, २०७६

साप्ताहिक तथा नारीका सम्पादक सुवास ढकालले दिएको राजिनामा स्वीकृत गर्दै कान्तिपुर पव्लिकेसन्स संचालक समितीले गौतमलाई नयाँ सम्पादकको जिम्मेवारी सुम्पिएको हो । पुरा पढ्नुहोस्