देखि

सम्म

मसिंर २७ देखि पुष ३ गतेसम्मको राशिफल

रामप्रसाद सिटौला (फलित ज्योतिष), मंसिर २७, २०७६

प्रतिस्पर्धाले अध्ययनमा प्रगति गराउनेछ । खर्चको मात्रा बढे पनि धेरै आवश्कता पूरा हुनेछन् । केही दौडधुप गर्नुपरे पनि आफ्ना लागि विशेष अवसर जुटाउन सकिनेछ । विदेश भ्रमणको प्रयत्न सफल हुन सक्छ । नजिकका साथीभाइ टाडिए पनि नयाँ साथी फेला पर्न सक्छन् ।   पुरा पढ्नुहोस्

ऐतिहासिक जितले थपेको जिम्मेवारी

मुकुन्द बोगटी, हिमेश बज्राचार्यमंसिर २७, २०७६

दक्षिण एसियाली क्षेत्रको ओलम्पिक प्रतियोगिता मानिने साग खेलकुद प्रतियोगितामा नेपालले धेरै खेलमा सफलता हात पार्‍यो । यो सफलतामा कतिपय सफलता ऐतिहासिक समेत रहे । रजत पदक जितेर सुरु भएको नेपालको पदक तालिका समापन समारोह अगाडि भएको फुटबलको फाइनलमा भूटानलाई पराजित गर्दै स्वर्ण जितेर समाप्त भएको थियो । पुरा पढ्नुहोस्

अनुष्काको सफलता

साप्ताहिक संवाददाता , मंसिर २७, २०७६

मल्टिमिडिया अवार्ड हात पारेपछि उनले सामाजिक सञ्जालमार्फत आफ्ना समर्थक, शुभेच्छुक, पत्रकार तथा सम्पूर्ण नेपालीलाई धन्यवाद दिएकी छिन् । साथै अनुष्काले फाइनल राउण्डमा उत्कृष्ट प्रस्तुति दिने बताएकी छिन् ।  पुरा पढ्नुहोस्

गौरिकाको  अद्वितीय सफलता

साप्ताहिक संवाददाता , मंसिर २७, २०७६

नेपाली पौडीले आफ्नो इतिहासमै प्राप्त गरेको यो सबैभन्दा ठूलो सफलता हो । पौडीबाट नेपालले ४ स्वर्ण ४ रजत ४ नै कांस्य पदक जित्न सफल रह्यो । यसमध्ये ४ स्वर्ण एकै खेलाडी गौरिकाले जितेकी थिइन् । त्यसो त नेपालले यसअघि आठौं दक्षिण एसियाली खेलकुदमा पनि एउटा स्वर्ण जितेको थियो पुरा पढ्नुहोस्

मायाको कुरा गर्दै पल र पूजा

साप्ताहिक संवाददाता , मंसिर २७, २०७६

चलचित्र ‘म यस्तो गीत गाउँछु २’को पहिलो गीत सार्वजनिक भएको छ । ‘तिम्रो घरको वरिपरी’ बोलको गीतमा कलाकार पूजा शर्मा र पल शाहलाई फिचरिङ गरिएको छ । पल र पूजाको जोडी ‘म यस्तो गीत गाउँछु’मा नै रुचाइसकेको जोडी हो ।  पुरा पढ्नुहोस्

फुटबलमा स्वर्णको रक्षा

साप्ताहिक संवाददाता , मंसिर २७, २०७६

खासमा नेपालको स्वर्णको रक्षा अवसर बन्यो, यसपल्ट । फाइनलमा नेपालको प्रतिद्वन्द्वी थियो, भुटान । यस प्रकारले यो अस्वाभाविक थियो, किनभने भुटानी फुटबलले यसअघि यति धेरै ठूलो छलाङ कहिले पनि लगाएको थिएन, तर यो किन पनि स्वाभाविक रह्यो भने भुटानले पछिल्लो समय फुटबलमा खुबै प्रगति गरेको छ र यसको कारण भनेको त्यहाँको ग्रास रुट फुटबलमा प्रशस्त लगानी नै हो । पुरा पढ्नुहोस्

हङकङका कृष्णको ‘छ्याजलो’

अनोज रोक्का, मंसिर २७, २०७६

हङकङमा फोटो पत्रकारीता गरिरहेका कृष्ण गुरुङले आउँदै गरेको ल्होसारलाई मध्यनजर गर्दै गीत सार्वजनिक गरेका छन् । कृष्णको शब्द रहेको छ्याजलो/नमस्कार बोलको गीतमा राजनराज सिवाकोटीको स्वर तथा संगीत रहेको छ । गायनमा राजनराजलाई गायिका मिलन नेवारले साथ दिएकी छिन् ।  पुरा पढ्नुहोस्

सर्‍यो शिवहरीको लक्का जवान

साप्ताहिक संवाददाता , मंसिर २७, २०७६

हास्यकलाकार शिवहरी पौडेलको डेब्यू निर्देशन रहेको चलचित्र ‘लक्का जवान’ को रिलिज डेट पर सरेको छ । आगामी चैत्र ७ गतेबाट अल नेपाल रिलिजको प्रचारमा रहेको चलचित्र अब चैत २१ मा रिलिज हुने तय भएको छ ।  पुरा पढ्नुहोस्

‘हामी तीन तहको  जुरीबाट गीत छान्छौ’

नेमिष गौतम, मंसिर २७, २०७६

हामीले तीन तहको जुरीबाट गीत छानेका छौं । पहिलो तहका जुरी श्रोता हुन् । उनीहरूले आफूलाई मन परेका ५० गीत छनोट गरेका छन् । दोस्रो तहका जुरी रेडियोका आरजे हुन् । उनीहरूले श्रोताले छानेका उत्कृष्ट ५० गीतमध्ये २० वटा गीत छानेका छन् । तेस्रो तहको जुरीमा संगीतकार सुरेश अधिकारी, गायिका कुन्ती मोक्तान र गीतकार चूडामणि देवकोटा हुनुुहुन्छ । अन्त्यमा ती उत्कृष्ट पाँच गीतमध्ये एउटा उत्कृष्ट गीतको छनोटचाहिँ शीर्ष जुरीले गर्नुभएको छ । पुरा पढ्नुहोस्

त्यसपछि केकी नाचिन्...

साप्ताहिक संवाददाता , मंसिर २७, २०७६

निर्माण टिमले आज शुक्रवार आफ्नो गीत सार्वजनिक गरेको छ । लोक शैलीको गीतमा सेल्फी किङ उर्फ विपिनसँगै अतिथी कलाकार केकी अधिकारी र भीमफेदी गाईज फिचर्ड छन् । कथाअनुसार चलचित्रमा यो गीत आउने निर्माण टिमले जानकारी दिएको छ । पुरा पढ्नुहोस्