माघ १०, २०७०
काठमाडौं
धरानकी मेरिना पोमोले मिस लिम्बू-२०१४ को उपाधि जितेकी छिन्। गत शुक्रबार काठमाडौंमा सम्पन्न निर्णायक प्रतियोगितामा १८ वर्षीया मेरिनाले १२ जना प्रतिस्पर्धीलाई पछि पार्दै ५० हजार रुपैयाँ तथा मुकुटसहितको उपाधि जितेकी हुन्। मेरिनाले बेस्ट स्किनको शीर्षक उपाधि पनि आफ्नो पक्षमा पारिन् जितिन्। जमलस्थित राष्ट्रिय नाचघरमा सम्पन्न प्रतियोगितामा धनकुटाकी दिब्या चेम्जोङले फस्ट रनर्स अपको मुकुटका साथ नगद २५ हजार रुपैयाँ जितिन् । दिब्याले बेस्ट स्माइलको शीर्षक उपाधिसमेत प्राप्त गरिन्। प्रतियोगितामा मोरङकी ताजेङ फागोले १५ हजार नगदसहित सेकेन्ड रनर्सअपको उपाधि आफ्नो पक्षमा पारिन्। २० वर्षीया फागोले मिस ट्यालेन्ट तथा मिस पङ्चुअल गरी दुई शीर्षक उपाधिसमेत जितिन्। याक्थुङ युथ एसोसिएसनको यो दोस्रो संस्करणको प्रतियोगितामा अञ्जना नाल्बो बेस्ट मदरटोन, निष्मा चोङवाङ कल्चरल, टीना योङहाङ पर्सनालिटी तथा डिसिप्लिन, जित्दा प्रज्वला नेम्बाङ बेस्ट क्याटवाक र भ्युअर च्वाइस, कुन्नी लिम्बू मिस चार्मिङ, मञ्जु थेबे बेस्ट फिगर, एसिका सम्बाहम्फे मिस फोटोजेनिक, अस्मिता पोमो बेस्ट हेयर तथा मेरिना तुम्सा मिस फ्रेन्डली शीर्षकका उपाधि जित्न सफल भए।
प्रतिक्रिया